२३ जेष्ठ २०८३, शनिबार
,
Latest
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मयंकले आईपीएल इतिहासमै चौंथो फास्ट बल फ्याँके



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)को खराब प्रदर्शन जारी छ । उसले घरेलु मैदानमै लखनऊ सुपर जाइन्ट्स (एलएसजी)सँग हार बेहोर्यो ।

मंगलबार लखनउका तीब्र गतिका बलर मयंक यादवले फेरि एकपटक सिजनको सबैभन्दा फास्ट बल गरे । उनले १५६.७ किमी प्रतिघण्टाको गतिमा बल फाले, जुन प्रतियोगिताको इतिहासमा चौथो सबैभन्दा फास्ट बल थियो ।

ग्लेन म्याक्सवेल १६ औं पटक शून्य रनमा आउट भए भने विराट कोहली एउटै मैदानमा १०० टी–२० खेल्ने पहिलो भारतीय बने ।

लखनउका युवा फास्ट बलर मयंक यादव लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनिए । उनले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिए । यस स्पेलमा उनले १५० किलोमिटर प्रतिघण्टाभन्दा बढीको गतिमा ८ बल बलिङ गरेका थिए । यी मध्ये एउटा बल १५६.७ किमी प्रतिघण्टाको गतिमा थियो, जुन आईपीएल इतिहासमा चौथो सबैभन्दा फास्ट बल हो ।

पहिलो नम्बरमा अष्ट्रेलियाका शान टेट छन्, जसले २०११ को आईपीएलमा १५७.७ किलोमिटर प्रतिघण्टाको गतिमा बल फ्याँकेका थिए । भारतका उमरान मलिकले पनि १५७ किलोमिटर प्रतिघण्टाको गतिमा बल फ्याँकेका छन् ।

आईपीएलमा सबैभन्दा फास्ट बलिङः
शान टेट (२०११) – १५७.७ किमी प्रतिघण्टा
लोकि फग्र्युसन (२०२२) – १५७.३ किमी प्रतिघण्टा
उमरान मलिक (२०२२) – १५७ किमी प्रतिघण्टा
मयंक यादव (२०२४) – १५६.७ किमी प्रतिघण्टा