• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

नेपालले बरोडालाई २७ रनले हरायो



काठमाडौँ । त्रिकोणात्मक टी–२० शृङ्खला (एसएमएस फ्रेन्डसिप कप) अन्तर्गत नेपालले बरोडालाई पराजित गरेको छ । गुजरातको भापीमा भर्खरै सम्पन्न खेलमा नेपाल २७ रनले विजयी भएको हो ।

नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा अलआउट हुँदै १२९ रनमात्रै जोड्यो । बरोडाका लागि भानु पनियाले ३८, बाबा खानले २७, विष्णु सोलाङ्कीले २५ तथा अमित पासीले १४ रन जोडे ।

बलिङतर्फ नेपालका करण केसीले ३, सोमपाल कामीले २ तथा गुलशन झा र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको नेपालले ६ विकेट गुमाएर १५६ रन जोड्यो । नेपालका कुशल मल्ल २५ बलमा ४० रनसहित तथा दिपेन्द्र सिंह ऐरी ५ रनमा अविजित रहे ।

यस्तै, सन्दीप जोराले १६ बलमा २९ रनको योगदान दिँदा अनिल शाहले २५, रोहित पौडेलले १८, गुलशन झाले १३, कुशल भुर्तेल र आसिफ शेखले ९–९ रन जोडे ।

बलिङतर्फ बरोडाका बाबा खानले २, परिक्षित पाटिदार र मोहित मोंगियाले १–१ विकेट लिए ।