२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा ‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन समग्र सहर समेटेर गर्नुपर्छ’ डा लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भोटखोलावासीद्वारा तल्लो बरुण जलविद्युत् आयोजना रोक्न माग पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन म जहिल्यै हार्नेको सर्पोटर ! यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणेशको मुखाकृति भएको काठको पुरानो मूर्तिसहित दुईजना नियन्त्रणमा, हराएकाले सम्पर्क गर्न आग्रह



अ+ अ-

काठमाडौँ । प्रहरीले गणेशको मुखाकृति भएको काठको पुरानो मूर्तिसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार काठमाडौँको स्वयम्भूस्थित स्वयम्भू स्तुपा नजिकै भगवान गणेशको मुखाकृति भएको काठको पुरानो मूर्ति बिक्री भईरहेको भन्ने खबर पाउनासाथ स्वयम्भू प्रहरी एक्शनमा उत्रिएको थियो ।

प्रहरीले मूर्तिसहित दुईजनालाई नियन्त्रणमा लिई स्वयम्भू प्रहरी कार्यालयमा राखेको छ ।

साथै, प्रहरीले उक्त मूर्ति कोही–कसैको चोरी भएको भएमा प्रहरी वृत्त स्वयम्भू कार्यालयमा सनाखतको लागी उपस्थित हुन अनुरोध समेत गरेको छ ।