३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वानखेडेमा मुम्बईको टप अर्डरको अवस्था दयनीय, हार्दिकको सेनाको नाममा नचाहेको कीर्तिमान बन्यो



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को १४ औं खेलमा मुम्बई इन्डियन्सको शीर्ष क्रम नराम्ररी असफल भयो ।

राजस्थान रोयल्सका बलरहरूले मुम्बईका ब्याट्सम्यानको ‘ब्यान्ड बजाए’ र पहिलो ओभरदेखि नै उनीहरूलाई निकै समस्यामा पारे । टस हारेर ब्याटिङ गरेको मुम्बईले रोहित शर्माको रुपमा पहिलो विकेट गुमाएको थियो । रोहित गोल्डेन डकको सिकार समेत बने ।

रोहित र नमन धीरलाई लगातार दुई बलमा आउट गर्दै ट्रेन्ट बोल्डले पहिलो ओभरमै टोलीलाई ध्वस्त पारे । त्यसपछि तेस्रो ओभरमा उनले ट्रिस्टन स्टब्सलाई खाता नखोल्दै प्याभिलियन पठाए ।

मुम्बईले १४ रनको स्कोरमा तीन विकेट गुमाएको थियो । यस खेलमा शीर्ष ४ मध्ये तीन खेलाडी खाता नखोली नै प्याभिलियन फर्किएका थिए । यो आईपीएल इतिहासमा छैटौं पटक देखियो ।

बोल्टले सर्ट थर्ड म्यानमा ट्रिस्टन स्टब्सलाई क्याच आउट गरेका थिए । २० रनको स्कोरमा मुम्बईले आफ्नो चौथो विकेट गुमाएको थियो । आईपीएल इतिहासमा पहिलो ४ विकेट गुमाएपछि मुम्बई इन्डियन्सको यो दोस्रो सबैभन्दा कम स्कोर हो ।

पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले ९ विकेट गुमाएर १२५ रन बनाएको थियो । रोहित, नमन र ब्रेभिस खाता नखोलेर प्याभिलियन फर्किए । तिलक वर्मा ३२ रन बनाएर प्याभिलियन फर्किए । हार्दिकको ब्याटबाट ३४ रन निस्कियो ।

जवाफमा १२६ रनको लक्ष्य पछ्याएको राजस्थानले रियान परागको अविजित ५४ रनको इनिङ्समा ६ विकेटले जित हात पार्यो ।