८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘क्लीन स्पीप’ हुनबाट जोगियो नेपाल, आयरल्यान्डलाई ३ रनले हरायो



अ+ अ-

काठमाडौँ । तेस्रो तथा अन्तिम टि–ट्वान्टी खेलमा नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ लाई पराजित गरेको छ ।  कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाल ३ रनले विजयी भएको हो ।

नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा २१० रनमात्रै बनाउन सक्यो । यसअघिको दुई खेलमा पराजित भएको नेपालले अन्तिम खेलमा जित निकाल्दै क्लीन स्वीप हुनबाट जोगिएको छ ।

आयरल्यान्डका लागि ग्यारेथ डेलानीले सर्वाधिक ६८ रन जोडे । यस्तै, मोर्गान टोपिङले ६०, रोस अडैरले ३१, फियोन ह्यान्डले २२ रन जोडे । बलिङतर्फ नेपालका बिपिन खत्रीले ३ तथा कमल ऐरी, नारायण जोशी र बसिर अहमदले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १३ रनको योगफल बनायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ९३ रनको योगदान दिए । उनले ४८ बल खेल्दै सात चौका र छ छक्काको सहयोगमा अविजित ९३ रनको योगदान गरेका हुन् ।

त्यसैगरी रासिद खानले २४ रन बनाउँदा पवन शर्राफले १३ रन जोडे । बसिर अहमदले १९ रन बनाए भने कप्तान विनोद भण्डारी ११ रनमा आउट भए । त्यस्तै लोकेश बमले आठ रन जोड्दा देव खनालले ६ रनमा आउट भए ।

बलिङतर्फ आयरल्यान्ड ए का फिन ह्यान्डले दुई विकेट लिए भने लियाम म्याकार्थी ग्यारेथ डेलानी म्याथु फोस्टर र गेभिन होइले समान एक/एक विकेट लिए ।