८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरिफको आक्रामक ब्याटिङमा नेपालले आयरल्यान्ड ए लाई दियो २१४ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आरिफ शेखको आक्रामक ब्याटिङमा नेपाल ए ले तेस्रो तथा अन्तिम टी–२० खेलमा आयरल्यान्ड ए लाई २१४ रनको बलियो लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन जोड्यो ।

नेपालका आरिफ शेख ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनमा अविजित रहे । यस्तै, कमलसिंह ऐरी ७ बलमा २ चौका र १ छक्कासहित १९ रनमा उनलाई साथ दिँदै अविजित रहे ।

यस्तै, लोकेश बमले ८, देव खनालले ६ र विनोद भण्डारीले ११ रन बनाए । बसिर अहमदले १९, पवन सरार्फले १३ तथा राशिद खानले २४ रन जोडे ।

आयरल्यान्डका फिन हाण्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गाभिन होईले १–१ विकेट लिए ।

तीन खेलको सिरिजमा नेपालले सुरुवाती दुई खेलमा हार ब्यहोर्दा सिरिज भने गुमाई सकेको छ ।