१२ श्रावण २०८३, मंगलवार
,
Latest
गुरु किन चाहियो ?  सुनसरी घटना: आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न प्रधानमन्त्री शाहको अपिल सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरिफको आक्रामक ब्याटिङमा नेपालले आयरल्यान्ड ए लाई दियो २१४ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आरिफ शेखको आक्रामक ब्याटिङमा नेपाल ए ले तेस्रो तथा अन्तिम टी–२० खेलमा आयरल्यान्ड ए लाई २१४ रनको बलियो लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन जोड्यो ।

नेपालका आरिफ शेख ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनमा अविजित रहे । यस्तै, कमलसिंह ऐरी ७ बलमा २ चौका र १ छक्कासहित १९ रनमा उनलाई साथ दिँदै अविजित रहे ।

यस्तै, लोकेश बमले ८, देव खनालले ६ र विनोद भण्डारीले ११ रन बनाए । बसिर अहमदले १९, पवन सरार्फले १३ तथा राशिद खानले २४ रन जोडे ।

आयरल्यान्डका फिन हाण्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गाभिन होईले १–१ विकेट लिए ।

तीन खेलको सिरिजमा नेपालले सुरुवाती दुई खेलमा हार ब्यहोर्दा सिरिज भने गुमाई सकेको छ ।