१२ श्रावण २०८३, मंगलवार
,
Latest
गुरु किन चाहियो ?  सुनसरी घटना: आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न प्रधानमन्त्री शाहको अपिल सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्ली क्यापिटल्सले चेन्नईविरुद्ध गर्यो ठूलो गल्ती, कप्तान ऋषभ पन्तलाई १२ लाख जरिवाना



अ+ अ-

एजेन्सी । दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ । दिल्ली क्यापिटल्सका कप्तान पन्त आईपीएलको आचारसंहिता उल्लंघन गरेको आरोपमा आइतबार दोषी ठहर भएका छन् ।

दिल्लीले विशाखापट्टनममा आईपीएल २०२४ को आफ्नो पहिलो जित दर्ता गर्‍यो, तर चेन्नई सुपर किंग्सविरुद्धको एउटा गल्ती उसलाई महँगो सावित भयो ।

दिल्ली क्यापिटल्सले चेन्नईविरुद्ध स्लो ओभर रेट राखेको कारण पन्तलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको हो । ऋषभ पन्त हालको आईपीएलका दोस्रो कप्तान बनेका छन्, जसलाई आईपीएलको आचारसंहिता उल्लंघन गरेको आरोपमा जरिवाना गरिएको छ ।

यसअघि गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई जरिवाना गरिएको थियो ।

पन्त र गिललाई १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो किनभने यो टोलीको पहिलो अपराध थियो । यो गल्ती दोहोरिए कप्तानलाई २४ लाख जरिवाना हुनेछ । यसबाहेक टोलीका अन्य सदस्यलाई पनि म्याच शुल्कको २५ प्रतिशत जरिवाना हुनेछ ।

टोलीले तेस्रो पटक गल्ती गरेमा कप्तानलाई ३० लाख जरिवाना र एक खेलको प्रतिबन्ध लगाइनेछ । टोलीका अन्य सदस्यलाई म्याच शुल्कको ५० प्रतिशत जरिवाना हुनेछ ।