७ भाद्र २०८३, आईतवार
,
Latest
ईभीको तीव्र विस्तार र चार्जिङ पूर्वाधारको चुनौती देखाउँदै १८औँ ‘नाडा अटो साे २०२६’ उज्वेकिस्तानको चिकित्सा शिक्षामा चम्किदै नेपाली युवा डा. किसन भण्डारी व्यवसायी सक्रिय नभए संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा पर्न सक्छ : निधी पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ नाडा अटो शोको तयारी तीव्र, भृकुटीमण्डपमा स्टल निर्माणको चटारो नीतिगत अस्पष्टता र अव्यावहारिक मापदण्डले प्राङ्गारिक मल उद्योग संकटमा गरिमा हत्या प्रकरणमा कानूनमन्त्री गौतमको आग्रह : ‘मिडिया ट्रायल नगरौँ, न्यायको प्रक्रिया नबिगारौँ’ कानून रातारात बन्दैन,अनुसन्धान नाराले पूरा हुँदैन, न्याय आक्रोशले मात्र प्राप्त हुँदैन च्यातिएका म्याटमा अभ्यास गरेर पदक जित्ने नेपालका उसु खेलाडीको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल, गुजरात र बरोडाबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट आजदेखि सुरु हुँदै



अ+ अ-

काठमाडौं । नेपाल, गुजरात र बरोडाबीचको त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कप आज आइतबारदेखि सुरु हुँदैछ ।

नेपालले आज पहिलो खेल गुजरातसँग खेल्दैछ । यो खेल दिउँसो सवा एक बजे सुरु हुनेछ ।

यस्तै नेपालले बरोडासङ्ग पर्सि खेल्नेछ । चैत २१ मा नेपाल र गुजरात तथा चैत २३ मा नेपाल र बरोडाबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ ।

नेपाल क्रिकेट संघले यस खेलका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

नेपाली टोली:

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, आकाश चन्द ।