२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो टी-२० खेलमा पनि नेपाल ए पराजित



अ+ अ-

काठमाडौं । आयरल्याण्ड ए सँगको दोस्रो टी-२० खेलमा पनि नेपाल ए पराजित भएको छ ।

शनिबार भएको दोस्रो टी–२० खेलमा नेपाल ४० रनले पराजित भएको हो । आयरल्याण्ड ए ले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपाल १८४ रनमा अलआउट भयो । योसँगै आयरल्याण्डले २-० ले शृङ्खला आफ्नो पक्षमा पारेको छ ।

नेपाल ए का देव खनालले २५ बलमा ४७ रन, विनोद भण्डारीले १३ बलमा २६ रन र लोकेश बमले १३ बलमा २५ रन र बसिर अहमदले २३ बलमा २७ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

आयरल्याण्डका लागि बेन ह्वाइटले ४ ओभरमा २९ खर्चेर ३ विकेट लिए । त्यस्तै, फिओन हाण्ड र थोमस मोयसले २–२ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर २२४ रन जोड्यो ।

उसका लागि कप्तान निल रकले ७१ र पिटर मुरले ६५ रनको अर्धशतकीय पारी खेले । यस्तै, जेम्स म्याककोलुमले २६, फिओन हाण्डले १९, रोस अडाइरले १७ रन जोडे । बलिङतर्फ नेपालका सागर ढकालले ३ तथा कमल ऐरी र पवन सर्राफले १–१ विकेट लिए ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल आयरल्याण्डसँग २१ रनले पराजित भएको थियो ।