२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग अन्तर्गत बिहीबार जयपुरमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल भयो । यो खेल राजस्थान रोयल्सले १२ रनले जितेको थियो । यस खेलको जितको नायक बने रियान पराग ।

उनले ४५ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ८४ रनको अविजित इनिङ खेले । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । अवार्ड पाएपछि परागले आफू विगत तीन दिनदेखि ज्वरो आएर ओछ्यानमा रहेको र पेनकिलर खाइरहेको खुलासा गरेका थिए ।

खेलपछि परागले भने, ‘अहिले भावनाहरू नियन्त्रणमा छन्, आमा आउनुभएको छ, उहाँले विगत ३–४ वर्षदेखि मेरो संघर्ष देख्नुभएको छ । मलाई थाहा छ म आफ्नो बारेमा के सोँच्छु । म शून्यमा आउट भएँ वा नटआउट रहनु, परिवर्तन हुँदैन । मसँग राम्रो घरेलु सिजन थियो र यसले मद्दत गर्दछ ।’

परागले अन्तिम ओभरमा २५ रन बनाए । यो ओभर राजस्थान रोयल्सका लागि खेल परिवर्तन भएको थियो । एनरिके नोर्त्याको यो ओभरमा परागले पहिलो बलमा चौका प्रहार गरे । दोस्रो बललाई पनि चार रनमा बाउन्ड्रीबाहिर पठाइएको थियो । तेस्रो बलमा छक्का तथा चौथो बलमा फेरी चौका प्रहार गरे । पाँचौं बलमा यस ओभरको दोस्रो छक्का र अन्तिम बलमा उनले रन लिए ।