१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अधिकार आयोग हुँदाहुँदै मधेसी आयोग गठन गर्नुले मधेसीलाई मानव नठानेको प्रमाणित हुन्छः डा. राजेश अहिराज



अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजले मानव अधिकार आयोग हुँदाहुँदै मधेसी आयोग गठन गर्नुले मधेसीलाई मानव नठानेको प्रमाणित हुने बताउनुभएको छ ।

बुधवार विश्व परिवेशमा प्रजातन्त्र र मानव अधिकार रक्षार्थ सञ्चार वकालत कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जुन देशमा शिक्षा, स्वास्थ्य र न्याय पूर्णरुपले निःशुल्क र समान स्तरको हुँदैन, त्यो देशमा नागरिक समान बन्न नसक्ने बताउनु भयो । उहाँले नागरिक नै समान नभएको देशमा प्रतिष्पर्धा समानस्तरको गराइराख्दा नतिजा कहिल्यै पनि समान हुन नसक्ने बताउनु भयो ।

उहाँले पक्षीय प्राज्ञिक चिन्तन, समभावको अभाव, व्यवहारिक तटस्थता र संरचनागत विमेल भइराख्दा हामीले विश्व, प्रजातन्त्र, मानव अधिकार र न्याय छलफलको विषय बनेपनि अनुभुतिको विषय बन्न नसक्ने जिकिर गर्नुभयो ।

उहाँले जुन देशले नागरिकका लागि राम्रो हावापानी, शिक्षा, स्वास्थ्यमा वातावरण बनाउन सक्दैन त्यो देशमा यि विषयहरुमा छलफल गर्नु भनेको आत्मरति बाहेक अरु हुन नसक्ने बताउनु भयो । उहाँले जुन देशको संविधानले नै आफ्नो नागरिकलाई खण्डित रुपमा स्वीकार्छ त्यो देशमा संविधान भन्दा तलको कानून र नागरिकले कसरी समानताको अभ्यास गर्नसक्छ ? भन्दै प्रश्न गर्नुभयो । संविधानले मधेसीहरुलाई नगरिकको रुपमा स्वीकार्न नसकेको आशय व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘असमानहरुको बीचमा समान प्रतिष्पर्धा गराउँदा नतिजा पनि असमान नै निस्किन्छ । जुन देशमा शिक्षा, स्वास्थ्य र न्याय पूर्णरुपले निःशुल्क र समान स्तरको हुँदैन, त्यो देशमा नागरिक समान बन्न सक्दैन । जुन देशमा नागरिक नै समान छैन, त्यो देशमा प्रतिष्पर्धा समानस्तरको गराइराख्दा नतिजा कहिल्यै पनि समान हुँदैन । पक्षीय प्राज्ञिक चिन्तन, समभावको अभाव, व्यवहारिक तटस्थता र संरचनागत विमेल भइराख्दा हामीले विश्व, प्रजातन्त्र, मानव अधिकार र न्याय छलफलको विषय हुनसक्छ, अनुभुतिको विषय हुन सक्दैन । हामीले अभ्यास गरिराख्दा यि विषयहरु आत्मरतीको विषय भएको रहेछ ।

जुन देशमा राम्रो हावापानी, शिक्षा, स्वास्थ्यका लागि राज्यले कुनै वातावरण बनाउन सकेन, त्यो देशमा यस्ता विषयमा छलफल गर्नु एउटा आत्मरतिको विषय बाहेक केही होइन । विश्वमा नेपाल बाहेक अन्य कुनै देश छैन, जसले आफ्ना नागरिकलाई खण्डखण्डमा विभाजित रुपमा स्वीकार्छ । जुन देशको संविधानले नै आफ्नो नागरिकलाई खण्डित रुपमा स्वीकार्छ, त्यो देशमा संविधान भन्दा तलको कानून र नागरिकले कसरी समानताको अभ्यास गर्नसक्छ ।

मानव अधिकार आयोग हुँदाहुँदै, मधेसी आयोग किन गठन भयो । मधेसीलाई किन मानव ठान्नुभएन, किन छुट्टै आयोग चाहियो । पदको लागि चाहिएको भए छुट्टै अभ्यास गरौँ । होइन भने संविधानले नागरिकलाई खण्डित गर्ने काम राम्रो होइन ।’

उहाँले मानव अधिकार र न्यायका लागि नागरिकमा समानता हुनुपर्ने बताउनु भयो ।