२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बहराइनसँग ३–० ले पराजित, विश्वकप र एसिया छनोटबाट बाहिरियो



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको आफनो चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ ।

बहराइनको राष्ट्रिय रङ्गशालामा भएको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३–० गोलले स्तब्ध बनेको हो । यो नतिजासँगै नेपाल विश्वकप र एसिया छनोट खेल्नबाट बाहिरिएको छ ।

बहराइनले तीनै गोल पहिलो हाफमा गरेको हो । खेलको ७ औं मिनेटमा सायद बकिरले, १८ औं मिनेटमा अबदुल्लाह युसुफ हेलालले (पेनाल्टी) र ३६ औं मिनेटमा कामिल अल अशवादले गोल गरे ।

नेपाल पहिलो चरणको खेलमा लाओसलाई पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको थियो । त्यस्तै दोस्रो चरणको खेलमा नेपालले जित हासिल गर्न सकेको छैन । दोस्रो चरणअन्तर्गत नेपालले तीनवटै खेलमा पराजय भोगेको थियो । संयुक्त अरब इमिरेट्स (युएई)मा भएको पहिलो खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।

त्यसैगरी घरेलु मैदानमा भएको यमन विरुद्धको दोस्रो खेलमा नेपाल २–० गोलअन्तरले पराजित भएको थियो । यही चैत ८ गते भएको दोस्रो चरणअन्तर्गतको तेस्रो खेलमा नेपाल बहराइनसँग ५–० गोलअन्तरले पराजित भएको थियो ।

दोस्रो चरणमा नेपाल समूह ‘एच’मा रहेको छ । नेपालको ससमूहमा बहराइन, यमन र संयुक्त अरब इरिमेट्स छन् ।