१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कास्कीको अधिवेशनमा विवेक त्रिपाठीद्वारा सामाजिक सरोकारको प्रस्ताव पेश



अ+ अ-

पोखरा । नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औ अधिवेशनको बन्द सत्रमा जिल्ला सदस्य विवेक त्रिपाठीले कार्यकर्ता संरक्षण कोषको स्थापना गरियोस् भन्ने सामाजिक सरोकारको प्रस्ताव पेश गरेका छन् ।

त्रिपाठीले प्रस्ताव पार्टी जिल्ला इन्चार्ज थममाया थापालाई बुझाएका हुन् । उनले कार्यकर्ता संरक्षण गर्न पार्टीले कोष खडा गरेर उनीहरुको योग्दानको कदरदेखि नयाँ कार्यकर्ताहरुको लागि सिकाई हुने बताए ।

कार्यकर्ताको क्षमता वृद्धि गर्ने समस्यामा परेका कार्यकर्तालाई संरक्षण गर्ने कोषमा उल्लेख गरेका छन् । पुराना पार्टी कार्यकर्ताहरु कोही कतै समस्यामा परेको भए यस कोषबाट काम गर्ने सकिने समेत त्रिपाठीले बताए ।

आधार स्तम्भनै कार्यकर्ता भएको भन्दै संगठनले संरक्षण गर्नु दायित्व रहेको उनको भनाइ छ ।

सामाजिक सरोकारको प्रश्तावमा कासिराम भट्टराई र बोधराज गिरीले समर्थक गरेको उक्त प्रस्तावको सम्बोधन गरिने तथा एमाले कास्कीको संगठन निर्माणमा एक नयाँ आयाम बन्ने त्रिपाठीको विश्वास छ ।