३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भेडाबाख्रामा रोग देखिएपछि पिपिआरविरुद्धको खोप

भेडाबाख्रामा रोग देखिएपछि पिपिआरविरुद्धको खोप
file
अ+ अ-

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका किसानले पालेका खसीबाख्रा तथा भेडामा पिपिआर रोग देखिन थालेपछि नियन्त्रण गर्न सो विरुद्धको खोप दिन अभियान शुरु गरिएको छ । हरेक वर्ष किसानले पालेका खसीबाख्रा तथा भेडालाई पिपिआरको महामारीले सताउन थालेपछि गाउँपालिकाका सातवटै वडामा पिपिआरविरुद्धको खोप दिन साप्ताहिक अभियान शुरु गरिएको हो ।

राष्ट्रिय पिपिआर दिवसअन्तर्गत भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय दिक्तेलसँगको सहकार्यमा गाउँपालिकाले खसीबाख्रा र भेडालाई पिपिआरविरुद्धको खोप दिन थालिएको गाउँपालिकाको कृषि शाखा संयोजक सरगम बुढाथोकीले बताउनुभयो । हाल गाउँपालिकाका सातवटै वडामा पशु प्राविधिकले खसीबाख्रा र भेडालाई पिपिआरविरुद्धको खोप दिइरहेका छन् ।

महामारीका रूपमा फैलिन सक्ने पिपिआर रोगबाट खसीबाख्रा र भेडालाई जोगाउन पिपिआरविरुद्धको खोप दिने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । “गत वर्ष गाउँपालिकाभित्रका किसानले पालेका करिब ३०० भेडाबाख्रा मरेका थिए”, उहाँले भन्नुभयो, “यस वर्ष रोग देखिनुभन्दा पहिले नै १२ हजार खोपको व्यवस्था गरेर खसीबाख्रा र भेडालाई खोप दिन अभियान शुरु गरिएको हो ।”

पिपिआरविरुद्धको खोप सातवटै वडामा सात दिनसम्म सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । हप्ता दिनको अवधिमा खसीबाख्रा तथा भेडापालक किसानले सम्बन्धित वडाका जनप्रतिनिधि एवं पशु प्राविधिकसँग समन्वय गरेर खसीबाख्रा र भेडालाई खोप दिनसक्ने गाउँपालिकाले जनाएको छ ।

भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालयले पिपिआरविरुद्धको खोप निःशुल्क उपलब्ध गराएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । गत वर्ष पिपिआर रोगका कारण वडा नं २ डाँडागाउँका दीपेन्द्र श्रेष्ठको सुनगाभा कृषि तथा बाख्रा फार्मको एक बोयर बोकासहित २२ बाख्रा मर्दा खोर नै रित्तिएको थियो ।

यसअघि जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाका किसानले पालेको बाख्रा अज्ञात रोगले मर्न थालेपछि किसान चिन्तित थिए । ज्वरो आउने, कान सुन्निने, सिङको फेदमा सुन्निने, नाक थुन्निने, श्वास फेर्न गाह्रो हुने, छेर्नेलगायतका लक्षण देखिएको केही दिनमै बाख्रा मर्ने गरेको किसानले बताएका थिए ।  

अज्ञात रोगका कारण धमाधम बाख्रा मरेपछि दुवै गाउँपालिकाका अधिकांश किसानको खोर नै रित्तिएको स्थानीय बासिन्दाले बताएका छन् । अज्ञात रोगले धमाधम बाख्रा मर्न थालेपछि व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका किसान सबैभन्दा बढी मारमा परेका छन् । दश स्थानीय तह रहेको जिल्लाका विभिन्न ठाउँका किसानले पालेका बाख्रामा गत वर्ष पनि अज्ञात रोग फैलिएको थियो । स्थानीय तह लागू भएपछि जिल्लाका अधिकांश किसानले व्यावसायिकरूपमा बाख्रापालन शुरु गरेका छन् ।