६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ महीनामा चिलिमे हाइड्रोले कमायो ३९ करोडभन्दा बढी नाफा



अ+ अ-

काठमाडौं । चालू आर्थिक वर्षको ६ महीनासम्म चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले रू. ३९ करोड २४ लाख ४५ हजार खुद नाफा गरेको छ । 

गत वर्षको यस अवधिसम्म कम्पनीको खुद नाफा रू. ३९ करोड ६६ लाख ३९ हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा १ प्रतिशत कम भएको हो । 

कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ९.९८ प्रतिशत कम रू. ३ अर्ब ५५ करोड २ लाख ८६ हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १२.५० र प्रतिशेयर नेटवर्थ रू. १५६.५३ रहेको छ ।

यस वर्ष कम्पनीले रू. ६३ करोड ९९ लाख २१ हजार विद्युत विक्रीबाट आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको यसै अवधिसम्म रू. ६१ करोड ८६ लाख ६३ हजार रहेको थियो । यस वर्ष विद्युत विक्री आम्दानी गत वर्षभन्दा ३.४४ प्रतिशत बढी भएको हो । १० प्रतिशत बोनस शेयर पछि कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब २८ करोड ७ लाख ३९ हजार कायम भएको छ ।