४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीले फ्रान्सलाई हरायो



अ+ अ-

काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा जर्मनीले फ्रान्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा जर्मनीले फ्रान्सलाई उसकै घरेलु मैदानमा २–० गोलले पराजित गरेको हो ।

जर्मनीले खेलको पहिलो सुरुवाती मिनेटमा नै फ्लोरियन विट्र्जको गोलबाट अग्रता बनाएको थियो । ४९ औं मिनेटमा काई हाभेर्ट्जले गोल थप्दै जर्मनीको अग्रता दोब्बर पारे ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र जर्मनी विजयी बन्यो । युरो कपको तयारीमा रहेका दुई टोलीले मैत्रीपूर्ण खेल खेलेका हुन् । युरो क जुन १५ देखि जर्मनीमा सुरु हुनेछ ।