२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिले कूटनीतिक अडान कमजोर हुन सक्ने सांसद मिश्रको चेतावनी राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदराबादमाथि कोलकाताको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग–२०२४ मा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । टोलीले सिजनको तेस्रो खेलमा सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित दर्ता गरेको हो ।

यो जितका नायक अलराउन्डर आन्द्रे रसेल बने । उनले २५ बलमा अविजित ६४ रनको विस्फोटक इनिङ खेले । यस्तै दुई विकेट पनि लिए ।

शनिबार इडेन गार्डेन रंगशालामा २०९ रनको लक्ष्य पछ्याउन आएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर २०४ रन मात्रै बनाउन सक्यो । हेनरिक क्लासेनले २९ बलमा ८ छक्का प्रहार गर्दै ६३ रनको आक्रामक पारी खेले पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् ।

उनी बाहेक ओपनर अभिषेक शर्मा र मयांक अग्रवालले ३२/३२ रनको योगदान दिए । हर्षित राणाले ३ विकेट लिए ।

कोलकाताको इनिङ्समा ओपनर फिल साल्टले ५४ रन बनाए । रमनदीप सिंहले ३५ र रिंकु सिंहले २३ रनको योगदान दिए । टी नटराजनले तीन विकेट लिए । खेलको प्लेयर अफ द म्याच रसेल घोषित भए ।

आजको खेलः
राजस्थान रोयल्स भर्सेस लखनउ सुपरजायन्ट्स – ३ः४५ बजे
गुजरात टाइटन्स भर्सेस मुम्बई इन्डियन्स – ७ः४५ बजे




भर्खरै