५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.43

Wind: 4.63

Humidity: 68

Latest
देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री फेसबुकसहितका समाजिक सञ्जालमा प्रतिवन्ध लाग्न सक्छः सञ्चारमन्त्री गुरुङ यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणमा परी ५८ जनाको मृत्यु न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा कानूनहरु चाँडै पारित गर्ने गरी काम भइरहेको छः मन्त्री चौरसिया मानवअधिकार, मौलिक हक र कानून कार्यान्वयनमा सांसदहरुको चासो कर्मचारीको ‘कुलिङ पिरियड’ राख्ने प्रश्ताव मन्त्रालयले गरेको होइनः सचिव पन्थ निजामती कर्मचारीको अवकाश ६० वर्ष गरौँः अर्थसचिव उपाध्याय बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार नेप्से परिसूचक ८.६६ अंकले उकालो, ग्लोबल आइएमई बैंकको सर्वाधिक हिस्सा



अ+ अ-

काठमाडौं । बुधबार नेप्से परिसूचक ८.६६ अंक बढेर २ हजार ५४३.०३ विन्दुमा बन्द भएको छ । यसदिन नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि २.५६ अंक बढेर ४६५.१३ विन्दुमा पुगेको हो । २ हजार ५४४.८१ विन्दुदेखि खुला भएको बजार २ हजार ५१२.०२ विन्दुसम्म झरेको थियो भने २ हजार ५४७.६० विन्दुसम्म पुगेको थियो ।

यो दिन १९१ वटा कम्पनीको रू. ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार बराबरको १ करोड ४९ लाख ६ हजार ७७ कित्ता शेयर कारोबार भएको छ । उक्त कारोबार ६२ हजार १५ पटकको व्यापारमा भएको हो । 

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.२७ प्रतिशत बढेको छ । वित्तसँगै होटल्सको २.१४ प्रतिशत, बैंकिङको १.५ प्रतिशत, विकास बैंकको ०.०४ प्रतिशत र निर्जीवन बीमा समूहको ०.४७ प्रतिशत परिसूचक बढेको छ । बुधबारको बजारमा व्यापारिक समूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधनको १.१५ प्रतिशत, लघुवित्तको १ प्रतिशत, जलविद्युतको ०.९८ प्रतिशत, जीवन बीमाको ०.६२ प्रतिशत, म्यचुअल फण्डको ०.२३ प्रतिशत र अन्यको ०.३ प्रतिशत परिसूचक घटेको छ ।

त्यसैगरी, वित्त समूहको परिसूचक सर्वाधिक बढेको दिन गोर्खाज फाइनान्सको १० प्रतिशत, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सको ९.७७ प्रतिशत र आइसीएफसी फाइनान्सको शेयरमूल्य ९.७६ प्रतिशत बढेको छ । यो दिन गोर्खाज फाइनान्सको प्रतिकित्ता रू. ४० ले बढेर अन्तिम मूल्य रू. ४४०, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सको प्रतिकित्ता रू. २१ ले बढेर अन्तिम मूल्य रू. २३६ र आईसीएफसीको प्रतिकित्ता रू. २९ ले बढेर अन्तिम मूल्य रू. ३२६ कायम भएको हो । 

यसदिन स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.३८ प्रतिशत घटेको छ । प्रतिकित्ता रू. १०२ ले मूल्य घटेर कम्पनीको अन्तिम मूल्य रू. १ हजार ४९८ कायम भएको हो । यो दिन सर्वाधिक रकमको शेयर कारोबार ग्लोबल आइएमई बैंकको भएको छ । उक्त कम्पनीको रू. ५२ करोड २ लाख ५५ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य पनि ५.९१ प्रतिशत अर्थात प्रतिकित्ता रू. २५ ले बढेर अन्तिम मूल्य रू. ४४८ पुगेको छ । कम्पनीको यस दिन न्यूनतम रू. ४१५ देखि अधिकतम रू. ४५६ सम्मको मूल्यमा शेयर खरीदविक्री भएको हो ।