२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसको मस्कोमा आतंकवादी आक्रमण, कम्तिमा ६० जनाको मृत्यु



अ+ अ-

काठमाडौं । रूसको राजधानी मस्कोस्थित एक थिएटरमा बन्दुकधारीको अन्धाधुन्ध गोलाबारीमा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।

आक्रमणमा एक सयभन्दा बढी घाइते भएका छन । मस्कोनजिक एक कम्प्लेक्समा म्युजिकल कन्सर्ट चलिरहेको स्थानमा बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका हुन् । कम्प्लेक्समा आगोको मुस्लो नै देखिएको थियो ।

हमलाको जिम्मेवारी ईस्लामिक स्टेट आईएसएसले लिएको छ । तर रूसले यसबारे कुने प्रतिक्रिया दिएको छैन । रूसको राष्ट्रिय गार्डले हमलाकारीको खोजी गरिरहेको जनाएको छ ।

यसैबीच मस्कोस्थित अमेरिकी दूतावासले भीडभाड हुने क्षेत्रमा नजान आफ्ना नागरिकलाई सचेत गराएको छ ।