२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

भलिबलमा पुरुषको सेमिफाइनल समीकरण पूरा, महिलाको उपाधिका लागि एभरेष्ट र पुलिस भिड्ने



अ+ अ-

काठमाडौँ । त्रिभुवन आर्मी क्लवले अन्तिम चारको यात्रा तय गरेसँगै आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी च्याम्पियनसिपमा आर्मीले सुदूरपश्चिम प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो । यससँगै जारी च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भयो । अब सेमिफाइनलमा साविकको विजेता हेल्प नेपाल स्पोर्ट्स क्लवले गण्डकी प्रदेश र आर्मीले नेपाल पुलिस क्लवको सामना गर्नेछन् । बिहीवार सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनलमा सुदूरपश्चिमले चुनौती दिएपनि आर्मीले सेमिफाइनल यात्रा तय गर्यो ।

आर्मीले पहिलो सेट २५–१९ ले आफ्नो पक्ष पार्दै अग्रता बनायो । तर दोस्रो सेट भने सुदूरपश्चिमले २५–२२ ले आफ्नो बनाउँदै पुनरागमनको संकेत ग¥यो । यद्यपि आर्मी त्यस पछिका दुई सेटमा क्रमशः २५–२३ र २५–१७ ले विजयी भयो र सुदूरपश्चिमको लक्ष्य पूरा भएन । त्यसअघि बिहीवार नै पुलिसले कोशी प्रदेशलाई २५–१३, २५–१६, २५–१३ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो । महिलातर्फएभरेष्ट भलिबल क्लव र नेपाल पुलिस क्लव उपाधिका लागि भिड्ने भएका छन् ।

सेमिफाइनलमा एभरेष्टले न्यु डायमण्ड स्पोर्ट्स क्लवलाई २५–२०, २५–१२, २५–१८ र पुलिसले अर्को विभायीय टोली एपिएफलाई २७–२५, २५–२२, २८–३०, २५–१७ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । नेपाल भलिबल संघको आयोजनामा आठ दिनसम्म चल्ने प्रतियोगितामा दुवै तर्फका विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछन् ।