२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैपटक धेरै मोबाइल नम्बरमा एसएमएस गर्न टेलिकमले ल्यायो यस्तो सेवा, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । नेपाल टेलिकमले एसएमएसमा आधारित आवश्यकतालाई सम्बोधन गर्दै एकैपटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउने सेवा उपलब्ध गराउने भएको छ । 

टेलिकमले ग्राहकको आवश्यकताअनुसार एसएमएस अलर्ट, एसएमएस सर्टकोड र वेब–बेस्ड बल्क एसएमएस गरी तीन प्रकारका एसएमएसमा आधारित सेवा आजदेखि उपलब्ध गराउने भएको प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो ।

एसएमएस अलर्ट र सर्टकोड सुविधा उपयोग गर्न चाहने संस्थाको आफ्नै एसएमएस एप्लिकेसन वा सिस्टम हुनु आवश्यक छ भने वेब–बेस्ड बल्क एसएमएस पठाउन चाहने संस्थाका लागि नेपाल टेलिकमले नै आवश्यक व्यवस्था मिलाइदिने हुनाले कुनै थप एप्लिकेसन वा सिस्टमको आवश्यकता पर्दैन ।

एसएमएस अलर्ट, सर्टकोड सेवा र वेब–बेस्ड बल्क एसएमएस सेवा उपयोग गर्नका लागि औपचारिकरुपमा अनुरोध गरिएको एउटा पत्र तयार गर्नुपर्छ । सो पत्रका साथमा कम्पनी प्रोफाइल, प्राविधिक प्रोफाइल, सेवाको उद्देश्य, सम्भावित ग्राहक र ग्राहक आधार संलग्न गर्नुपर्छ । 

त्यसैगरी कम्पनी दर्ता र कर कार्यालयमा दर्ता भएको कागजातको प्रतिलिपि समावेश गर्नुपर्छ । यी सम्पूर्ण कागजातसहित तयार गरिएको पत्रलाई खबक२लतअ।लभत।लउ मा इमेलमार्फत पठाउन सकिन्छ वा कम्पनीको नजिकको कार्यालयमा दर्ता गराउन सकिन्छ ।

वेब–बेस्ड बल्क एसएमएस सेवाका हकमा नेपाल टेलिकमबाट स्वीकृति प्रदान भएपश्चात् एसएमएस भोल्युम कोटाका आधारमा तोकिएको रकम बैंक खातामा बुझाउनुपर्छ । यसपछि नेपाल टेलिकमले ग्राहकको युजर एकाउन्ट बनाएर ग्राहकलाई उपलब्ध गराउँछ । यसैका आधारमा ग्राहकले एसएमएस सेवा प्रदान गर्न सक्दछ ।रासस