२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोनीका यी तीन सेना, जो चले भने विरोधीको टाउको दुख्न सक्छ



अ+ अ-

एजेन्सी । चेन्नई सुपर किंग्स फेरि मैदानमा उत्रने तयारीमा छ । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले गत सिजनको फाइनलमा गुजरात टाइटन्सलाई हराएको थियो ।

चेन्नईले आईपीएल २०२४ को पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ । यस सिजनमा रचिन रविन्द्र, तुषार देशपाण्डे र समीर रिजभीले राम्रो प्रदर्शन गर्न सक्छन् ।

रचिन रविन्द्र


न्यूजिल्याण्डका खेलाडी रचिन रविन्द्रले करियरमा पहिलो पटक आईपीएल खेल्ने भएका छन् । यो उनको लागि डेब्यु सिजन हुनेछ । रचिनले धेरै अवसरमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले २० टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । यससँगै उनले २५ ओडिआई खेल पनि खेलेका छन् ।

रचिन रविन्द्रले ५६ टी–२० खेलमा ६७३ रन बनाएका छन् । उनी सन् २०२३ को विश्वकपमा चर्चामा आएका थिए । उनले निकै राम्रो प्रदर्शन गरेका थिए । यही कारणले चेन्नईले उनीमाथि ठूलो जोखिम लगायो ।

समीर रिजवी


समीर रिजवी उत्तर प्रदेशका खेलाडी हुन् । उनले घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका छन् । तर अहिलेसम्म उनले ठूलो मञ्चमा खेल्ने मौका पाएका छैनन् । यो आईपीएल सिजन रिजवीका लागि टर्निङ प्वाइन्ट हुन सक्छ । यदि उनले खेल्ने मौका पाए भने उनी धोनीका लागि ‘तुरुपको एक्का’ साबित हुन सक्छन् ।

तुषार देशपाण्डे


तुषार देशपाण्डे गेम चेन्जर खेलाडी हुन् । उनले गत सिजन सीएसकेका लागि प्रभावकारी प्रदर्शन गरेका थिए । तुषारले १६ खेलमा २१ विकेट लिएका थिए । यो उनको करियरको अहिलेसम्मकै उत्कृष्ट सिजन थियो ।

अवसर आए तुषारले ब्याटिङ पनि गर्न सक्छन् । उनले हालै रणजी ट्रफी खेलमा शतक बनाएका थिए । तुषारले ६७ टी–२० खेलमा ९९ विकेट पनि लिएका छन् । उनले ३६ प्रथम श्रेणी खेलमा ९७ विकेट लिएका छन् । योसँगै ५११ रन पनि बनाएका छन् ।