१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाखा अधिकृत कार्कीविरुद्ध ३ करोड २१ लाख विगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरेको आरोपमा काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गत बागमतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्धमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

कार्कीले सरकारी जग्गालाई गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अख्तियारले दाबी गरेको छ । २०५८ साउनमा सरकारी सेवामा प्रवेश गरेका कार्कीले ३० चैत २०७९ सम्म ३ करोड ७७ लाख १३ हजार आम्दानी गरेको र ६ करोड ९८ लाख ४६ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको अख्तियारले जनाएको छ ।

कार्कीको ३ करोड २१ लाख ३२ हजार रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको अख्तियारले जनाएको छ । साथै, उक्त रकमलाई बिगो कायम गरी गैरकानुनी रूपमा आम्दानी गरेको सम्पत्ति जफत गर्नसमेत अख्तियारको मागदाबी छ ।