• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन ★   महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित ★   बाल मन्दिर जग्गा प्रकरण: २० जनाविरुद्ध पक्राउ अनुमति ★   जसपाद्वारा केन्द्रीय समितिको बैठक आह्वान ★   पूर्वन्यायाधीशको सिजापतिको निधन, सर्वोच्चका सबै सुनुवाइ स्थगित ★   फ्यानलाई सम्बोधन गर्दै पल लेख्छन्, ‘पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ’ ★   ओलीलाई अँगालो हालेर प्रचण्डलाई बोक्न गएपछि मिसन ०८४ ले हावा खाइसक्यो: रास्वपा नेता गणेश कार्की ★   झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै ★   आईपीएलमा आज पञ्जाब र बेंगलुरु भिड्दै, हार्ने टोली प्लेअफबाट बाहिरिने ★   कांग्रेस संसदीय दलको बैठक स्थगित

गधाबाट मानिसले यस्ता कुराहरु सिक्नुपर्छ



एजेन्सी । आचार्य चाणक्यले जीवनमा सफलता प्राप्त गर्न धेरै कुरामा जोड दिएका छन् । उनले जनावरका केही गुण अपनाएमा मानिस सजिलै सफलताको शिखरमा पुग्न सक्ने कुरामा जोड दिन्छन् ।

आचार्य चाणक्य भन्छन् भगवानले हरेक प्राणीमा यस्ता धेरै गुणहरू दिएका छन्, जसबाट मानिसले अवश्य केही सिक्न सक्छ । गधामा पनि यस्ता धेरै गुण छन् जसबाट मानिसले सिक्नुपर्छ।

आलस्य हटाउनुहोस्ः आचार्य चाणक्यका अनुसार थकाइ लागे पनि गधा बोझ बोक्नबाट पछि हट्दैन। त्यसैगरी मानवले पनि पूर्ण समर्पणका साथ आफ्नो काममा लाग्नुपर्छ, असफलताले छुन सक्नेछैन ।

परिस्थिति अनुकूलः आचार्य चाणक्यका अनुसार गर्मी होस् वा जाडो, गधा हरेक मौसममा दृढ रहन्छ र आफ्नो काम पूरा गर्दछ। त्यसैगरी मानिसले परिस्थितिसँग कहिल्यै आत्तिनु र हार मान्नु हुँदैन ।

सन्तुष्ट हुनुः चाणक्यका अनुसार गधा जे पाउँछ, त्यसैमा सन्तुष्ट हुन्छ, मानिस पनि त्यसैगरी सन्तुष्ट हुनुपर्छ । धेरैको चाहनामा दुखी रहनु हुँदैन ।

कडा परिश्रम गर्नः गधा कहिल्यै कडा परिश्रमबाट पछि हट्दैन । आचार्य चाणक्यका अनुसार यदि मानिसले गधाको यो गुण आफ्नो जीवनमा धारण गर्छ भने ऊ कहिल्यै असफल हुँदैन ।