२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानमा घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला



अ+ अ-

धरान । सुनसरीको धरानमा एक किशोरीको शव फेला परेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै बुधबार किशोरीको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार प्रतिष्ठान र डिपोट स्कुलको बिचको खोल्सामा अन्दाजी १८–१९ वर्षकी किशोरीको शव फेला परेको हो ।

प्रवक्ता भण्डारीका अनुसार धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । शव खोल्सामा घोप्टो अवस्थामा भेटिएको उहाँको भनाइ छ ।

प्रहरीले शव नजिकै खुकुरी सेमत फेला पारेको छ । शव परीक्षणका लागि प्रतिष्ठानको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।