२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई सांसद यादवको प्रश्न: किसानलाई मलको अभाव हुन नदिने योजना के छ ?



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले किसानलाई मलको अभाव हुन नदिने योजना के छ ? भनि सरकारलाई प्रश्न गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक यादवले मधेशमा सबैभन्दा ठूलो समस्याको रुपमा रहेको रासायनिक मलको अभाव हुन नदिने स्पष्ट योजनाबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गर्नुभयो ।

उहाँले विगतमा भएका अर्थमन्त्रीहरुले मलको अभाव नहुन नदिने भनेर चर्को भाषण गर्ने गरेकाले अव मलको अभाव हुने अवस्था आउन नदिन सरकारलाई सचेत गराउनु भयो । प्रमुख सचेतक यादवले जनकपुर चुरोट कारखाना पुन: सञ्चालनमा ल्याउन पनि सरकारलाई दबाब दिनुभयो । उहाँले धनिलाई सामाजिक सुरक्षा भत्ता नदिने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रमुख सचेतक यादवले भन्नुभयो, ‘मधेशको सबैभन्दा खतरानाक अवस्था के हो भने रासायनिक मल हो । किसानको कुरा हामी गर्छौं । चर्को भाषण गर्छौं । सबै अर्थमन्त्रीहरुले रासायनिक मलको अभाव हुन दिँदैनौ भनेर भन्नुहुन्छ । कृषिमन्त्रीजी पनि आएर त्यसै फलाकी हाल्नुहुन्छ । बोल्नमा कोही पनि कम छैन । तर खाद्य चाहीँ पाउँदै पाउँदैन । के अर्थमन्त्रीजी यसपाली चाँही किसानलाई खाद्यको व्यवस्था गरि दिनुहुन्छ ? त्यो पनि किसानले नगदै पैसा दिन्छ । पैसा लिएर घुमी राखेको हुन्छ । तर पनि खाद्य पाउँदैन । सरकारसँग के प्लान छ के खाद्य यसपाली समयमै उपलब्ध गराउन सक्छौं त ? सरकारले यो विषय स्पट गर्न जरुरी छ । अर्को वितरणमुखि भन्दा परिणाममुखि बजेट ल्याउन जरुरी छ । सामाजिक सुरक्षा भत्तामा गम्भिरतापूर्वक ध्यान दिन जरुरी छ । अर्बाैंपतिका बुबाआमाले पनि सामाजिक सुरक्षा भत्ता पाइराखेको छ । त्यसकारण गरिव को हो, धनि को हो ? त्यसलाई छुट्टयाएर मात्रै सामाजिक सुरक्षा भत्ता दिन जरुरी छ । ’

प्रमुख सचेतक यादवले बजेट वितरणमुखि भन्दा पनि परिणाममुखि हुुनुपर्ने सुझाव पनि सरकारलाई दिनुभयो ।