२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’

साताको कारोबारको अन्तिम दिन नेप्से १६.११ अंकले ओरालो, कारोबार रकम भने बढ्यो

साताको कारोबारको अन्तिम दिन नेप्से १६.११ अंकले ओरालो, कारोबार रकम भने बढ्यो
अ अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १६.११ अंकले घटेर २ हजार ५२६.९२ विन्दुमा बन्द भएको छ । यो दिन सेन्सेटिभ इन्डेक्स पनि १.६६ अंक घटेर ४६३.४७ विन्दुमा झरेको छ । 

नेप्से परिसूचकले समग्र धितोपत्र कारोबारको मापन गर्दछ भने सेन्सेटिभ इन्डेक्सले ठूला कम्पनीहरुको मात्र कारोबार मापन गर्दछ । २ हजार ५५२.३४ विन्दुदेखि खुलेको बजार २ हजार ५६५ विन्दुसम्म पुगेको थियो । साताको अन्तिम कारोबार दिन र बुधबार बढेको बजारबाट नाफा बुक गर्ने हावी हुँदा बजार प्रभावित बनेको हो ।

यसदिन २०६ वटा कम्पनीको ७२ हजार ७३७ पटकको व्यापारमा रू. ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार बराबरको १ करोड ६० लाख ५८ हजार ४५८ कित्रा शेयर कारोबार भएको छ । बुधबारको तुलनामा नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । बुधबार रू. ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार बराबरको १ करोड ४९ लाख ६ हजार ७७ कित्ता शेयर कारोबार भएको थियो ।

यस दिन दोहोरो अंकले घटेको बजारमा चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको शेयरमूल्य ५.०३ प्रतिशत अर्थात प्रतिकित्ता रू.९ ले बढेर अन्तिम मूल्य रू. १८८ पुगेको हो । बिहीबार विकास बैंक समूहको परिसूचक सर्वाधिक ०.७७ प्रतिशतले बढेको छ भने लघुवित्तको सर्वाधिक २.८८ प्रतिशतले घटेको छ । बिहीबार लाभांशकै कारण सपोर्ट लघुवित्तको शेयरमूल्य पनि सर्वाधिक १० प्रतिशत घटेको छ । यस वर्ष लाभांश नदिने सूचना बिहीबार सार्वजनिक भएसँगै उक्त कम्पनीको शेयरमा पनि विक्री चाप देखिएको थियो । यसदिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २३५ ले घटेर अन्तिम मूल्य रू. २ हजार ११५ कायम भएको हो । 

यसदिन विकास बैंकसँगै बैंकिङ समूहको ०.६ प्रतिशत र म्युचुअल फण्डको ०.२२ प्रतिशत परिसूचक बढेको हो भने बाँकी समूहको घटेको छ । लघुवित्तसँगै व्यापारिकको १.३८ प्रतिशत, होटलको २.०१ प्रतिशत, जलविद्युतको १.३१ प्रतिशत, वित्तको १.५३ प्रतिशत, निर्जीवन बीमाको १.५६ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.८५ प्रतिशत, अन्यको १.०७ प्रतिशत र जीवन बीमा समूहको १.१६ प्रतिशत परिसूचक घटेको हो ।

बिहीबार कारोबार रकममा सर्वाधिक हिस्सा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको भएको छ । उक्त कम्पनीको रू. ५६ करोड ६३ लाख २९ हजार बराबरको २ लाख ८० हजार ३२९ कित्ता शेयर कारोबार भएको हो । बिहीबार गत वर्षको भन्दा २५ प्रतिशत कम २० प्रतिशत लाभांश प्रस्ताव गरेको उक्त कम्पनीको शेयर विक्री चापका कारण मूल्य पनि घटेको छ । गत वर्ष ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिएको कम्पनीले यस वर्ष १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम लाभांशका कारण बिहीबार विक्री चाप हुँदा उक्त कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत घटेको छ । प्रतिकित्ता रू. २१९ ले घटेर कम्पनीको अन्तिम शेयरमूल्य रू. १ हजार ९७३ कायम भएको छ ।