२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टार्कको कमाई आईपीएल जित्ने विजेता टिमको भन्दा बढी



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं संस्करण मार्च २२ (शुक्रबार)देखि सुरु हुँदैछ । उद्घाटन खेल रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र चेन्नई सुपर किंग्स (सिएसके)बीच हुँदैछ ।

आईपीएल लिलामीमा मिचेल स्टार्क मात्र नभई उनको राष्ट्रिय टोली (अष्ट्रेलिया)का कप्तान प्याट कमिन्सको लागि पनि २० करोड भारुभन्दा बढी खर्च भएको थियो । कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाखमा किनेको थियो । आईपीएलको विजेताको पुरस्कार २० करोड छ ।

आईपीएलका शीर्ष १० सबैभन्दा महँगा खेलाडीको मूल्य पनि १६ करोड रुपैयाँभन्दा बढी छ । शीर्ष ४ स्थानमा रहेका सबै विदेशी छन्, जसमा अष्ट्रेलियाका ३ खेलाडी छन् । केएल राहुल र विराट कोहलीको कमाई भारतीयमा सबैभन्दा धेरै छ । लखनउको टोलीले राहुललाई १७ करोड र विराटलाई पनि आरसीबीले १७ करोड रुपैयाँ दिन्छ ।

विजेता टोलीको २० करोडको पुरस्कार भलै कमिन्स र स्टार्कको कमाइभन्दा बढी नहुन सक्छ तर यो रकम आईसीसी टी–२० विश्वकप जितेको पुरस्कारभन्दा पक्कै बढी हो । टी–२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जित्ने टोलीले आईसीसीबाट १३–१३ करोड रुपैयाँ पाउँछन्, जुन आईपीएल विजेताको कमाई भन्दा ७ करोड कम हो ।

तर, आईपीएल अझै पनि एकदिवसीय विश्वकप जित्ने पुरस्कारभन्दा १३.२ करोड रुपैयाँ पछाडि छ । अष्ट्रेलियाले २०२३ को विश्वकप जित्दा ३३.२ करोड रुपैयाँ पाएको थियो । दक्षिण अफ्रिकाको एसए२० लिग जित्ने टोलीले १५ करोड रुपैयाँ पाउँछ ।