१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीलाई एक हजार करोड तलब दिन्छन् आईपीएलका १० टोली



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं संस्करण मार्च २२ (शुक्रबार)देखि सुरु हुँदैछ । उद्घाटन खेल रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र चेन्नई सुपर किंग्स (सिएसके)बीच हुँदैछ ।

यस आईपीएलमा खेलाडीको औसत तलब ४ करोड रुपैयाँ छ, जुन शीर्ष क्रिकेट लिगको दोस्रो महँगो खेलाडीको मूल्य बराबर हो ।

आईपीएल टोलीसँग २५ खेलाडीको टोली बनाउन १०० करोडको सीमा हुन्छ । १० टोलीले प्रतियोगिता खेल्छन् अर्थात २५० खेलाडीले अनुपातमा एक हजार करोड रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

पछिल्लो आईपीएल लिलामीले क्रिकेट लिगमा खेलाडीको कमाईको सबै रेकर्ड तोड्यो । अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४.७५ करोडमा किनेको थियो । जुन दुबईको लिग आईएल टी–२० को सबैभन्दा महँगा खेलाडी डेभिड वार्नर (रु. ४.१४ करोड) को मुल्य भन्दा २०.६१ करोड रुपैयाँ बढी हो ।

ट्रिस्टन स्टब्स दक्षिण अफ्रिकी एसए२० लिगका सबैभन्दा महँगा खेलाडी हुन् । उनलाई सनराइजर्सको टोलीले ४.१० करोडमा किनेको छ । यी बाहेक बाँकी लिगमा सबैभन्दा महँगा खेलाडीको मूल्य ३.५० करोड रुपैयाँभन्दा कम छ, जुन आईपीएलको औसत तलब (४ करोड रुपैयाँ) बराबर पनि छैन ।

पीएसएलका सबैभन्दा महँगा खेलाडी शाहीन शाह अफ्रिदी र बाबर आजमको मूल्य १.४० करोड भारु रहेको छ । जुन डब्लुपीएलकी सबैभन्दा महँगो खेलाडी स्मृति मन्धानाभन्दा २ करोड कम हो । मन्धनाको मूल्य ३.४० करोड भारु रहेको छ ।