७ भाद्र २०८३, आईतवार
,
Latest
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की ‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’ आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर कम्युनिस्ट आन्दोलनमा केन्द्रित हुन दाहालको आग्रह जेन–जी शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेन–जी घाइते र शहीद परिवारको चेतावनी सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुकः संयोजक दाहाल बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छः प्रदीप ज्ञवाली प्रचण्डको स्वीकारोक्ति : रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु गम्भीर भुल कुष्ठ प्रभावितलाई आत्मनिर्भर र सक्षम नागरिकको रूपमा समाजमा स्थापित गर्नुपर्नेमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसीका अध्यक्ष बार्कले नेपालमा



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्कले नेपाल आइपुगेका छन् ।

सोमबार अपरान्ह ४ बजे उनी काठमाडौँ ओर्लिएका हुन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरेका थिए ।

नेपाली क्रिकेट विकास गर्न सहयोग गर्ने उनले बताएका छन् । उनी चैत ८ सम्म नेपालमा बस्नेछन् ।

उनले नेपालमा टीयु र मुलपानी क्रिकेट मैदानको अवलोकन गर्नेछन् । त्यस्तै नेपाल भ्रमणमा उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवातथा खेलकुद मन्त्रीलाई पनि भेट्ने कार्यक्रम छ ।

नेपालले २०२७ मा आईसीसी वुमन्स य–१९ विश्वकप आयोजना गर्दैछ । त्यसको लागि उनले मुलपानी र टीयुको मैदान निरिक्षण गर्नेछन् ।




भर्खरै