१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयले राखेपलाई पत्र काट्यो



अ+ अ-

काठमाडौँ । फुटबलमा अनावश्यक पदाधिकारी मलेसिया भ्रमणमा गएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्राचार गरेको छ ।

राष्ट्रिय खेलकुद ऐन विपरित एन्फाले १० पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको भन्दै एन्फालाई कारबाही गर्न बुधबार मन्त्रालयले पत्र काटेको हो ।

खेलकुद ऐनले गरेको व्यवस्थाअनुसार एन्फाले स्विकृती नलिई १० पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको थियो । नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । त्यसैका लागि एन्फाले अनावश्यक १० जना पदाधिकारीलाई भ्रमणमा लगेको पाइएको छ ।

एन्फाले मङ्गलबार खेलाडीबाहेक प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस, सहायक प्रशिक्षक प्रवेश कटुवाल, गोलरक्षमक प्रशिक्षकद्वय विनोद डंगोल र मनीष तिम्सिना, टोली व्यवस्थापक उत्तमराज भण्डारी, फिजियो लोकेन्द्र कुँवर, किट ब्यवस्थापकमा ज्ञानबहादुर राई, टोली प्रुमखमा उपाध्यक्ष दीपक खतिवडा, एन्फा सदस्य महेन्द्र क्षेत्री, सिईओ इन्द्रमान तुलाधर, एन्फा जिल्ला सदस्यहरु भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ र सुविनकुमार श्रेष्ठलाई मलेसिया भ्रमणमा पठाएको थियो ।