काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–ट्वान्टी शृृङ्खलाअन्तर्गत पपुवा न्यूगिनी (पीएनजी) र नेपालबीचको फाइनल खेल जारी छ ।
पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपालले तीन विकेट गुमाएको छ । नेपालले गुलशन झालाई तेस्रो विकेटको रुपमा गुमाएको हो । उनी रनआट हुन पुगे ।
गुलशन १० बलमा ६ रन जोडेर पेभिलियन फर्किए ।
ताजा स्थितीमा नेपालले ५.४ ओभरमा ३ विकेट गुमाएर ३३ रन जोडेको छ ।