१४ श्रावण २०८३, बिहीबार
,
Latest
स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई प्रधानमन्त्री बन्ने इच्छा छैनः ओली



तस्बिरः रासस
अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

यस्तै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल, आफू र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री पद १३/१३ महिनाका लागि बाँडफाँड गरेको समाचार आएकोमा आपत्ति समेत जनाए ।

उनले भने, ‘आज प्रधानमन्त्रीको कार्यकाल १३/१३ महिना बाँडेको कुरा बजार भरी देख्छु । यसले यो सरकार किन परिवर्तन भएको हो ? यसमा नेताहरू सहकार्य किन गरेको हो भन्ने कुराको गरिमालाई घटाएको छ यस्ता खबरहरूको अनुचित सम्प्रेषण । यो गलत कुरा हो । प्रधानमन्त्री हुनकै लागि हामीले यस्तो गरेको होइन । मलाई यो प्रधानमन्त्रीको इच्छा पनि छैन । ’