२६ मंसिर २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’ नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई प्रधानमन्त्री बन्ने इच्छा छैनः ओली



तस्बिरः रासस
अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

यस्तै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल, आफू र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री पद १३/१३ महिनाका लागि बाँडफाँड गरेको समाचार आएकोमा आपत्ति समेत जनाए ।

उनले भने, ‘आज प्रधानमन्त्रीको कार्यकाल १३/१३ महिना बाँडेको कुरा बजार भरी देख्छु । यसले यो सरकार किन परिवर्तन भएको हो ? यसमा नेताहरू सहकार्य किन गरेको हो भन्ने कुराको गरिमालाई घटाएको छ यस्ता खबरहरूको अनुचित सम्प्रेषण । यो गलत कुरा हो । प्रधानमन्त्री हुनकै लागि हामीले यस्तो गरेको होइन । मलाई यो प्रधानमन्त्रीको इच्छा पनि छैन । ’