२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन विलियमसन आफ्नो १००औँ टेस्टमा १७ रन मात्र बनाएर पेभिलियन फर्किए



अ+ अ-

एजेन्सी । केन विलियमसनले शुक्रबार अस्ट्रेलियाविरुद्ध आफ्नो करियरको १००औँ टेस्ट खेलेका छन् । विलियम्सन र न्यूजिल्याण्डका कप्तान टिम साउथी दुबैले आफ्नो १०० औं टेस्टमा सँगै भाग लिएका थिए ।

पहिलो इनिङ्समा १७ रन मात्र बनाएर आउट भएका विलियमसनले आफ्नो १००औँ टेस्टलाई यादगार बनाउन सकेनन् ।

जोस हेजलवुडले विलियमसनको इनिङ्सलाई एलबीडब्लू आउट गरे । दक्षिण अफ्रिकाविरुद्ध चार इनिङ्समा तीन शतक प्रहार गरेका विलियमसन अस्ट्रेलियाविरुद्धको तीन इनिङ्समा चल्न सकेनन् ।

यद्यपि, उनले विश्व टेस्ट च्याम्पियनसिप इतिहासमा सबैभन्दा धेरै रन बनाउने सन्दर्भमा विराट कोहलीलाई उछिन्न सफल भए ।

केन विलियमसन लगातार क्रिकेट खेलिरहेका छन् भने विराट कोहली अहिले ब्रेकमा छन् । कोहली भर्खरै छोराका पिता बनेका छन् र यसै कारणले उनले इङ्ल्यान्डविरुद्धको पाँच खेलको टेस्ट सिरिजबाट आफ्नो नाम फिर्ता लिएका छन् । यस क्रममा केन विलियमसनले धेरै रन बनाए र कोहलीलाई पछि पार्न सफल भए ।

विलियमसनलाई दोस्रो टेस्टमा कोहलीलाई पछाडि पार्न १५ रन मात्र आवश्यक थियो । अहिलेसम्म विराट कोहलीले ६० इनिङ्समा ४ शतक र १० अर्धशतकको मद्दतले २२३५ रन बनाएका छन् । जसमा उनको औसत ३९.२१ छ ।

केन विलियम्सनले ३९ इनिङ्समा ६३.९४ को औसतमा २२३८ रन बनाए, जसमा १० शतक र दुई अर्धशतक समावेश छ । केन विलियमसनले कोहलीलाई पछि पारेका होलान्, तर उनी अस्ट्रेलियाविरुद्ध न्युजिल्यान्डलाई बलियो स्थितिमा ल्याउन असफल भए । जोस हेजलउड र मिचेल स्टार्कको घातक बलिङमा न्युजिल्यान्डको पहिलो इनिङ्स ४५.२ ओभरमा १६२ रनमा अलआउट भयो ।