२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ बस दुर्घटना अपडेटः हराइरहेका दुई जनाको शव फेला



अ+ अ-

मलेखु । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको यात्रु बस दुर्घटनामा हराइरहेका तीनमध्ये दुई जनाको शव फेला परेको छ ।

कपिलवस्तुको भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नं को बस बुधबार बिहान त्रिशूली नदीमा खस्दा हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदीको शव आज फेला परेको हो । योसहित दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।

गैरेको शव दुर्घटनास्थलभन्दा करिब दुई सय मिटर तल र सुवेदीको शव दुर्घटनास्थलबाट करिब एक किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला पारेको हो ।

बसमा सवार प्रकाश पाठक अझै हराइरहेका छन् । उनको खोजी कार्य जारी छ । सो दुर्घटनामा ३९ यात्रु घाइते भएका थिए ।