२३ जेष्ठ २०८३, शनिबार
,
Latest
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक व्यक्तिको नाकभित्र १५० जीवित कीराहरू भेटिएपछि…



अ+ अ-

एजेन्सी । बारम्बार नाकबाट रगत बगिरहेको गुनासो गर्दै डाक्टरलाई भेट्न आएका बिरामीले अस्पतालका सबैजनालाई स्तब्ध बनाएका छन् । अहिले उक्त घटनाको भाइरल भिडियो हेरेर मानिसहरु अचम्मित भएका छन् ।

परीक्षणको क्रममा, डाक्टरले बिरामीको नाक भित्र १५० जीवित कीराहरू भेट्टाए । यो डरलाग्दो भिडियो फ्लोरिडाको हो । अनलाइनमा सार्वजनिक भएको भिडियोमा डरलाग्दो दृश्य देखाइएको छ । यसमा डाक्टरहरूले मानिसको नाकबाट सयौं जिउँदो कीरा निकालिरहेका छन् ।

रिपोर्टका अनुसार, एक व्यक्ति महिनौंदेखि कमजोर महसुस गर्दै र बारम्बार नाकबाट रगत बग्ने समस्याबाट पीडित भएपछि एचसीए फ्लोरिडा मेमोरियल अस्पताल पुगेका थिए ।परीक्षणका क्रममा बिरामीको नाकमा करिब १ सय ५० जिउँदो कीरा बसेका कारण बिरामीलाई यस्तो समस्या भएको चिकित्सकले थाहा पाए ।

फस्र्ट कोस्ट न्यूजले बिरामीलाई उद्धृत गर्दै यो समाचार प्रकाशित गरेको छ । रिपोर्टमा विरामीले भने, ‘केही घण्टामै मेरो अनुहार सुन्नियो, ओठ सुन्निन थाल्यो, बोल्न पनि गाह्रो भयो । नाकबाट रगत बग्न थाल्यो, केही बेर रोकिएपछि नाकबाट लगातार रगत बग्न थाल्यो । जबसम्म मेरो नाकबाट रगत आउन बन्द भयो, म उठेर बाथरुम जान पनि सकिनँ । ’

करिब ३० वर्षअघि न्यूरोब्लास्टोमाका कारण आफ्नो रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर भएको बिरामीले बताए । उपचारका क्रममा उनको नाकमा रहेको क्यान्सरको ट्युमर निकालिएको थियो । लामो समयपछि सन् २०२३ मा उनीमा फेरि नाकमा समस्याको लक्षण देखा पर्न थाल्यो । यसबाट हैरान भएर उनी डा. डेभिड कार्लसनकहाँ गए ।

डा. कार्लसनले भने, ‘धन्यवाद, बिरामीले मलाई नाकबाट बगिरहेको रगतलाई नजिकबाट हेर्न आग्रह गरे । त्यसैले हामीले क्यामेरा लिएर नाकमा हेर्यौं । तब कुरा प्रकाशमा आयो ।’ डाक्टरले बिरामीको ‘नाक र साइनस प्वाल’ भित्र दर्जनौं जीवित कीराहरू क्रल गरिरहेको पत्ता लगाए ।

डाक्टरले ती सूक्ष्म कीरा वा माइक्रोस्कोपिक कीराहरू नभएको बताए । ती कीराले खाना खाँदा दिसा पनि निस्कने गरेको उनले बताए । कीराहरूको मल र तिनीहरूको लार्भाले विषाक्त वातावरण सिर्जना गर्दछ । यसले सूजन निम्त्याउँछ । किनकी बिरामीको नाकमा अनौठो परिवर्तन देखिएको थियो ।

युट्युबमा मानिसको नाकभित्र जिउँदै किरा देखेको भिडियो शेयर गरिएको थियो । युट्युबले भिडियो हेर्नेलाई चेतावनी समेत दिएको छ । युट्युबमा भिडियो हेरेर मानिसहरुले विभिन्न खालका प्रतिक्रिया पनि दिएका छन् ।