२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारत भ्रमण उपलब्धिमूलक रह्योः परराष्ट्रमन्त्री सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय नपाएसम्म सडक आन्दोलन रोकिँदैनः मिटरब्याज पीडित



अ+ अ-

काठमाडौँ । सरकारले मिटरब्याजी पीडितको माग सम्बोधन नगरेसम्म सडक आन्दोलन नरोक्ने बताएका छन् ।

आईतवार काठमाडौंमा प्रदर्शनका क्रममा पीडितहरुले सरकारको गोली खानपरे पनि आफूहरु तयार रहेको भन्दै माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने बताएका हुन् । उनीहरुले सरकारले साहुजीहरुको तमसुक खारेज र बैंकका धितो फिर्ता नगरेसम्म आन्दोलन नरोकिने जिकिर गरे । पीडितहरुले एक लाख ऋण लिँदा मिटरब्याजीले चार गुणा बढाएर तमसुक बनाएर अदालतमा मुद्दा दायर गरेर घरजग्गा रोक्दा गरेको गुनासो गरे । पीडितहरुले साहुको ऋण तिर्न लघुवित्तबाट ऋण लिँदा अझ बढी मर्कामा परेको पनि बताए ।

उनीहरुले लघुवित्तले पनि दुई लाख ऋण लिँदा ३ वर्षमा बढेर ८ लाख भएको भन्दै ऋण तिर्न टर्चर दिएको गुनासो गरे । रौतहटबाट २३ दिन पैदल यात्रा गरेर काठमाडौं आएका सकिम रहिम रायहीमले सरकारले न्याय नदिएसम्म घर नफर्किने योजना रहेको सुनाउनु भयो । उहाँले घर फर्कदा साँहुले घरजग्गा रोक्का गरिदिएर सडकको बास रहेको बताउनु भयो । रहिमले सरकारले तत्काल मिटरब्याजी साहुको १ लाख ऋण लिएको तमसुकमा ४ लाख तमसुक खारेज गर्ने माग रहेको बताउनु भयो । उहाँले एक लाख लिएको मिटरब्याजीले चार गुणासम्म बढाएको बताउनु भयो । उहाँले सरकारले पीडितको माग सम्बोधन गर्ने विश्वास रहेको भन्दै न्याय पाउने आशाले काठमाडौं आएको बताउनु भयो । उहाँले पीडितहरु न्याय नपाए मर्न पनि तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ एक लाख लिएको मिटरब्याजीले चार गुणा बनायो । एक लाख लिएको तमशुकमा ४ लाख बनायो । ४ लाख बराबरको अदालतमा मुद्दा हालेको छ । घरजग्गा सबै अदालतले रोक्का गरेको छ । साहुको ऋण्ढा तिर्न लघुवित्तबाट ऋण लिएको महिलाले त्यसमा पनि पीडित बनायो । लघुवित्तको एक लाख तिरेको छु । तर सबै बाँकी छ भनिरहेको छ । लघुवित्त र साहु माहजनको ऋण बढी रहेको छ । समस्या समाधानको सरकारसँग माग गरिरहेका छौं । समाधान हुने विश्वास छ । सरकारले कति दिनमा न्याय दिने उसैको हातमा छ । माग सम्बोधन नभएसम्म कोही पनि जाँदैन । पीडितहरु मर्न पनि तयार छ ।’

अर्का मिटरब्याजी पीडित परेखी महत्तोले १ लाख १५ हजार ऋण लिएको महाजनबाट त्यसमा ८ लाखको तमसुक बनाएर जग्गा सम्पती रोक्का गरिदिँदा समस्यामा परेको बताउनु भयो । उहाँले सम्पती बेचेर ऋण तिर्न समेत नपाएको बताउनु भयो । उहाँले आन्दोलनमा आउँदा मकावानपुरमा कुटपिटमा समेत परेको बताउनु भयो । उहाँले सरकारबाट न्याय नपाएसम्म काठमाडौंको सडकमा नै बस्ने बताउनु भयो । उहाँले घरमा बसे पनि सडकमा मर्ने अवस्था रहेको भन्दै न्यायको लागि सडकमा नै मर्न तयार रहेको बताउनु भयो । उहाँले न्याय नपाएसम्म आन्दोलन नरोक्ने चेतावनी दिनु भयो ।

उहाँले भन्नुभयो,‘१ लाख १५ हजार ऋण लिएको महाजनबाट त्यसमा ८ लाखको तमसुक बनाएर जग्गा सम्पती रोक्का गरिदियो । बेच्न पनि पाउँदैन । अवस्था गम्भिर भयो । आन्दोलनमा समेत आउँदा मकावानपुरमा आउँदा कुटपिट समेत गर्ने काम भयो । म त्यो पनि पीडित हो । भरतपुर अस्पतालमा भर्ना भएर पीडित भएर आएको हो । सरकारबाट न्याय नपाएसम्म काठमाडौंको सडकमा नै बस्छौं । घरमा बसे पनि सडकमा मर्ने हो यहाँ पनि सडकमा नै मर्न तयार छौँ । न्याय नपाएसम्म आन्दोलन रोकिँदैन ।’

त्यस्तै,महोत्तरीबाट आएकी अर्की मिटरब्याजी पीडित गौरीमाया बराइलीले मिटरब्याजी मात्रै नभएर लघुवित्त र बैंकले दिएरको दबाब बढिरहेको बताउनु भयो । उहाँले बैंकबाट लिएको ३ लाख ऋणको तीन वर्षमा ८ लाख पुगेको भन्दै बैंकले कि घरखाली गर नभएर चाँबी लगाउने चेतावनी दिएकाले आन्दोलनमा आएको बताउनु भयो । उहाँले घरजग्गा बैंकका भएकाले ऋण तिर्नसक्ने अवस्था नभएको बताउनु भयो । उहाँले ऋण तिर्न श्रीमान पनि विगत लामो समयदेखि थलामा रहेको बताउनु भयो । उहाँले सरकारले धितो फिर्ता गरी दिए न्याय पाउने आशाले काठमाडौं आएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘लघुवित्तबाट ऋण लिएको थिए । बैंकमा धितो छ । बैंकले घरखाली गर नभएर चाबी लगाइदिन्छु । नभए पैसा तिर । ऋण लिएरको ३ लाखमा ५० हजार धरौटी राखेर २ लाख ५० हजार लिएको हो । तीन वर्षमा ८ लाख भयो । तिर्नेकी घरमा चाँबी लगायौं । घरजग्गा बैंकमा छ फिर्ता गर्न माग गर्दा सरकारले सुन्दैन । माग पूरा भएपछि मात्रै फर्कने योजना छ । मरे पनि सरकारले होली हाने पनि सडकमा आन्दोलन गर्नसकेका छौ ।’

उहाँले पनि सरकारले न्याय दिने आशाले काठमाडौं आएको भन्दै न्याया नपाएसम्म गाउँ नर्फने बताउनु भयो । उहाँले माग पूरा नभएसम्म सरकारले गोली हाने पनि आन्दोलन जारी राख्ने बताउनु भयो ।