११ असार २०८३, बिहीबार
,
Latest
गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइन जुवा खेलमा संलग्न ७४ जना प्रहरी नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । कोभिड–१९ को महामारी विषम परिस्थितिमा ठूलो सङ्ख्यामा बिङ्गो खेलमा संलग्न ६६ पुरुष र आठ महिला गरी ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यही माघ १६ गते आइतबार बेलुका ७ बजेको समयमा काठमाडौँ–६ बौद्दस्थित प्लटिङ नजिक रहेको दोलखा जिल्ला घर भई हाल बानेश्‍वर बस्ने ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेष्‍टुरेन्टमा अनलाइन बिङ्गो खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले छापामारी उनीहरुलाई पक्राउ गरिएको हो ।

उक्त खेलमा प्रयोग गरिने सामग्री (मोबाइल), बिङ्गो खेल्न प्रयोग गरिने कुपन र नगद रु छ लाख १९ हजार २५० समेत नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । घटना सम्बन्धमा महानगरीय प्रहरी वृत्त बौद्धबाट मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–५ अन्तर्गत “जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने” कसूरअन्तर्गत थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।