१२ श्रावण २०८३, मंगलवार
,
Latest
चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राँची टेस्टमा भारत इंग्ल्याण्डसँग १३४ रनले पछि



अ+ अ-

एजेन्सी । राँची टेस्टको दोस्रो दिन इंग्ल्याण्डको नाममा रह्यो । इंग्ल्यान्डसँगको चौथो खेलको पहिलो इनिङ्समा भारत १३४ रनले पछि छ र उसको सात विकेट पनि खसेको छ । भारतीय टोलीले शनिबार पहिलो इनिङ्समा सात विकेट गुमाएर २१९ रन बनाएको छ ।

दोस्रो दिनको खेल समाप्त हुँदा ध्रुव जुरेल ३० र कुलदीप यादव १७ रनमा अविजित फर्किएका थिए । यी दुई खेलाडीबीच ४२ रनको अविजित साझेदारी छ ।

भारतका लागि यशस्वी जैसवाल (७३)ले अर्धशतक प्रहार गरे । इंग्ल्याण्डका लागि शोएब बसिरले ४ विकेट लिए । टम हार्टलीले २ सफलता पाए । त्यस्तै फास्ट बलर जेम्स एन्डरसनले एक विकेट लिए ।

यसअघि पहिलो इंग्ल्याण्डको टोली पहिलो इनिङ्समा ३ सय ५३ रनमा अलआउट भएको थियो । इङ्ल्यान्डका लागि जो रुट शतक (१२२) बनाएर नटआउट रहे । भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक ४ विकेट लिए । पाँच खेलको शृङ्खलामा भारत अहिले २–१ ले अगाडि छ ।