१२ श्रावण २०८३, मंगलवार
,
Latest
झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणजी ट्रफी जित्ने प्रत्येक खेलाडीले एक करोड नगद र बीएमडब्लु कार पाउने



अ+ अ-

एजेन्सी । रणजी ट्रफीको प्लेट ग्रुपमा हैदरावादले मेघालयलाई ५ विकेटले पराजित गर्यो । यो जितपछि हैदरावादको टोली एलिट समूहमा फर्किएको छ । दोस्रो इनिङ्समा तिलक वर्मा र अनुभवी ब्याट्सम्यान गहलोत राहुल सिंहले अर्धशतक बनाएर आफ्नो टोलीको जितमा महत्वपूर्ण भूमिका खेले ।

जितपछि हैदरावाद क्रिकेट संघ (एचसीए) ले ठूला पुरस्कारको घोषणा गरेको छ । एचसीएले प्लेट ग्रुप च्याम्पियनलाई १० लाख र उत्कृष्ट प्रदर्शन गर्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिने वाचा गरेको छ ।

संघका प्रमुख जगनमोहन राव अर्सिहनपल्लीले पनि आगामी तीन वर्षभित्र रणजी ट्रफी जित्ने खेलाडीलाई बीएमडब्ल्यू कार दिने वाचा गरेका छन् । पुरै टिमका सदस्यलाई १ करोड रुपैयाँ पुरस्कार दिने वाचा पनि गरिएको छ । ‘घोषणाको उद्देश्य खेलाडी र अन्य सरोकारवालाहरूलाई उत्प्रेरित गर्नु थियो’ उनले एक अन्तरक्रियामा भने । ‘अर्को वर्ष लक्ष्य हासिल गर्न यथार्थपरक छैन त्यसैले मैले उनीहरुलाई तीन सिजन दिएको छु ।’

हैदराबादले सन् १९३७–३८ र १९८६–८७ मा रणजी ट्रफीको उपाधि जितेको थियो । पछिल्लो संस्करणमा टोलीले प्लेट डिभिजनमा खेल्नुपर्ने थियो । हैदरावादले प्लेट समूहमा पाँच खेल खेलेको छ । यस अवधिमा उसले सबै पाँच खेल जित्यो । उसको खातामा ३५ अंक थियो । मेघालय टोली तीन जितसहित दोस्रो स्थानमा रह्यो । मिजोरम तेस्रो, नागाल्याण्ड चौथो, सिक्किम पाँचौ र अरुणाचल प्रदेश छैटौं स्थानमा छ ।

फाइनल खेल शीर्ष दुई टोली हैदरावाद र मेघालयबीच भएको थियो । उपाधि खेलमा मेघालयले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । उसले पहिलो इनिङ्समा ३०४ रन बनाएको थियो ।

त्यसपछि हैदरावादले पहिलो इनिङ्समा ३५० रन बनाएको थियो । उसले ४६ रनको अग्रता लिएको थियो । मेघालयले दोस्रो इनिङ्समा २४३ रन बनाएको थियो । उसले हैदरावादलाई १९८ रनको लक्ष्य दिएको थियो । तिलक वर्माको कप्तानीमा रहेको टोलीले पाँच विकेटमा २०३ रन बनाएर खेल जित्यो । दोस्रो इनिङ्समा गहलोत राहुल सिंहले ६२ रन र कप्तान तिलकले ६४ रन बनाए ।