२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाले नेदरल्यान्ड्सलाई दियो २०४ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियाले नेदरल्यान्ड्सलाई २०४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया ४१.३ ओभरमा २०३ रनमा अलआउट भयो ।‍

मैदान गिलो भएका कारण खेल ४५ ओभरमा झारिएको थियो । नामिबियाका लागि जान निकोलले ४९ रन जोडे । यस्तै मालन क्रुगरले ३९ रन र जान फ्राइलिंकले ३४ रनको योगदान दिए ।

बलिङमा नेदरल्यान्ड्सका भिभियन किंग्माले ३ विकेट लिए भने आर्यन दत्त र भान मार्वीले २–२ सफलता हात पारे ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको यस सिरिजमा नेदरल्यान्ड्सले अघिल्लो खेलमा नामिबियालाई हराएको थियो । सिरिजमा आइतबार नेपाल र नेदरल्यान्ड्सबीच अन्तिम खेल हुनेछ।