५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लरी गाडी पल्टिएर दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीनको मृत्यु



अ+ अ-

काठमाडौँ । मोरङको बूढीगंगा गाउँपालिका ४ प्रगती टोलमा लरी गाडी पल्टिएर दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीनजनाको मृत्यु भएको छ ।

आर जे २९ जीबी १५६१ भारतीय नम्बर प्लेटको लरी गाडी दुर्घटना हुँदा तीनजनाले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा बूढीगंगा गाउँपालिका ४ का ६० वर्षीया ज्योती अधिकारीकी ४ वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको हो । ज्योतीका छोरा र छोरी जुम्ल्याहा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आज (शुक्रबार) बिहान करिब ७ बजे कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको लरी दुर्घटना भएको थियो । उक्त लरी ज्योतीको घरमा पल्टिएको प्रहरीले जनाएको छ । पल्टिएको लरीले थिचेर तीन जना बालाबलिकाको घटनास्थलमा मृत्यु भएको हो ।