२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशका लागि ५० गोल पूरा गरेपछि के भन्छिन् ‘साम्बा’ ?



अ+ अ-

काठमाडौँ । नेपालले वाफ वुमेन्स च्याम्पियनसिप २०२४ मा सेमिफाइनलमा स्थान पक्का गरेको छ । समूह चरणको दोस्रो खेलमा नेपालको जित र प्यालेस्टाइनले सिरियालाई पराजित गरेपछि समूह बी बाट सेमिफाइनल जाने दुई टोलीको टुङ्गो लागेको हो ।

इराकविरुद्ध शानदार जित (५–० गोल) हासिल गरेको नेपाली टोलीका प्रमुख खेलाडी थिइन् साबित्रा भण्डारी ‘साम्बा’ । उनी एक्लैले पाँच गोल गरिन् । योसँगै प्रतियोगितामा कुल ६ गोल गर्दै प्रतियोगितामा धेरै गोल गर्ने खेलाडीको सूचीमा उनी शीर्ष स्थानमा पुगेकी छन् ।

उनको सबैभन्दा ठूलो उपलब्धी भनेको अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गर्नु हो । सन् २०१४ मा भुटानविरुद्ध बेन्चबाट मैदान प्रवेश गरेको केही मिनेटमै पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल साम्बाले इराकविरुद्ध ५ गोल गरेसँगै यो आँकडा भेटिन् । बिचमा गम्भीर चोटका कारण टोलीबाहिर रहेकी साबित्राको कमब्याक झनै सशक्त रह्यो ।

यसैबीच, साबित्राले सेमिफाइनलको यात्रा तय भएपछि आफूहरु उपाधिका लागि आएको बताएकी छिन् । इराकविरुद्धको खेलपछि आफूले ५० गोल पूरा गरेकामा धन्यवाद व्यक्त गर्दै साबित्राले एक भिडियो सार्वजनिक गर्दै भनेकी छन् – ‘नमस्ते म साबित्रा भण्डारी ‘साम्बा’ । आज देशका लागि ५० गोल पुगेको छ । यो यात्रासम्म आइपुग्दा मलाई साथ–सपोर्ट गर्नुहुने सम्पूर्ण सहयोगि हातहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । यो यात्रासम्म जतिपनि माया–ममता देखाउनुहुने फुटबल समर्थकहरुलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु । यो प्रतियोगितामा हामी उपाधिका लागि आएका छौँ । हाम्रो लक्ष्य उपाधि जित्नु नै रहेको छ । प्रमुख खेलहरु अझै बाँकी नै छन् । आगामी दिनहरुमा पनि यसैगरी साथ–समर्थनको अपेक्षा गर्दछु धन्यवाद ।’