१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौ महानगरभित्र प्लाष्टिकका फूलको प्रयोगमा प्रतिबन्ध



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नक्कली फूल र सवावटका बस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध लगाएको छ ।

सजावटका लागि लुकिछिपी प्लाष्टिकजन्य फूलको प्रयोग भएको जानकारी प्राप्त भएको जनाउँदै महानगर प्रहरी बलले पार्टी प्यालेस र होटलहरुमा निगरानी बढाएको जनाएो छ । काठमाडौँ महानगरपालिकाले २०८० साउन १ गतेबाट ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सवावटका बस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध लगाएको छ ।

‘सहरको व्यवस्थापन, स्वच्छता र वातावरणीय सुधारका लागि महानगरपालिकाले तर्जुमा गरेका कानुनी व्यवस्थाको कार्यान्वयन गराउन हाम्रो दायित्व हो । व्यवस्थापन गर्नु पर्ने क्षेत्रको सुक्ष्म निगरानी गरिरहेका छौँ ।’ यस प्रक्रियामा सहयोग गर्न आग्रह गर्दै महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, ‘अनुरोधलाई अटेर गरेर प्लाष्टिकका फूलको प्रयोग भेटिए कारवाही गर्छौँ ।’

प्लाष्टिकजन्य बस्तुका कारण सिर्जित फोहोर घटाउन तथा वातावरणमा हुने ह्रास जोगाउन प्लाष्टिकका फूलसँगै ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला भण्डारण, विक्री र प्रयोगमा रोक लगाइएको छ ।

सामान्यतया: ४० माइक्रोनभन्दा पातला झोला पुन:प्रयोग गरिँदैनन् । यसलाई कि जलाइन्छ, कि वातावरणमा फालिन्छ या फोहोर पोको बनाएर बाहिर निकालिन्छ । यसरी जुनसुकै कारणबाट बाहिर निस्किए पनि यसले हानी नै गर्छ ।