१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासमिति बैठकले पार्टीलाई वैचारिक रुपले समृद्ध र संगठनात्मक रुपले सबल बनाएको छ: देउवा



नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बिहीबार जारी नेपाली कांग्रेसको महासमिति बैठकको अन्तिम दिनको समापन समारोहलाई सम्बोधन गर्दै । तस्बिर : किरणराज विष्ट/रासस
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट पार्टी वैचारिक रुपमा समृद्ध र संगठनात्मक रुपमा सबल बनेको बताउनुभएको छ ।

बिहीवार पार्टीको महासमिति बैठक समापन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले महासमिति बैठकबाट पार्टी वैचारिक रुपले समृद्ध र संगठनात्मक रुपले सवल भएको सन्देश प्रवाह भएको बताउनुभएको हो । उहाँले पार्टी अनुशासित, ऊर्जावान र एकतावद्ध बनाउने सन्देश पनि प्रवाह भएको बताउनु भयो । उहाँले महासमिति बैठकले नेपाल र नेपाली काँग्रेसको राजनीतिमा एक विशिष्ट ऐतिहासिक महत्व राख्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले महासमिति बैठकपछि नेपाली काँग्रेसप्रति थप विश्वास गर्ने वातावरण बनेको बताउनु भयो । सभापति देउवाले काँग्रेस सत्तारुढ गठबन्धनको प्रमुख घटक भएको भन्दै मुलुकमा सुशासन, विकास र समृद्धि ल्याउन सरकारलाई सहयोग गर्नु मुख्य दायित्व हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘महासमितिबाट गरिएका नीतिगत उद्घोष देशमा सकारात्मक तथा अग्रगामी परिवर्तनको आधार बनेका छन् । हामी यो गौरवशाली इतिहासलाई निरन्तरता दिन चाहन्छौँ । र सक्छौँ भन्ने तथ्य यो बैठकले परिणत गरेको छ । देशभित्र मात्रै होइन नेपाली काँग्रेसले गर्ने नीतिगत निर्णयहरु अन्तर्राष्ट्रिय जगतमा पनि ठुलो महत्व राख्दछ । नेपाली कांग्रेस देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टी हो । हाम्रा नीति, कार्यक्रम र व्यवहार लोकतान्त्रिक मूल्यमान्यता, समय सापेक्ष, दूरदर्शी र जिम्मेवार हुने भएको हुँदा हामीले यो अवसर र गौरव प्राप्त गरेका हौँ । महासमितिको बैठकबाट देश भित्र र बाहिर रहनुभएका सबै नेपाली काँग्रेसप्रति थप विश्वास गर्ने वातावरण बनेको छ भन्ने मैले विश्वास गरेको छु । नेपाली काँग्रेस वर्तमान गठबन्धनको सरकारको प्रमुख घटकको रुपमा मुलुकमा सुशासन, विकास, समृद्धि ल्याउन सरकारलाई निरन्तर सहयोग गर्न राष्ट्रहितमा काम गर्न प्रोत्साहन गर्ने हाम्रो मुख्य दायित्व हो । यो नेपाली काँगेसलाई वैचारिक रुपले समृद्ध, संगठनात्मक रुपले सवल, अनुशासित, ऊर्जावान र एकतावद्ध बनाउने सन्देश प्रवाह भएको छ । यो बैठक नेपाल र नेपाली काँग्रेसको राजनीतिमा एक विशिष्ट ऐतिहासिक महत्व राख्नेछ भन्ने विश्वास लिएको छु ।’

सभापति देउवाले महासमितिमा प्राप्त सुझावहरुलाई आगामी केन्द्रिय समिति बैठकमा छलफल गरी प्रतिवेदनहरुलाई परिमार्जन गरिने पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल

तस्बिर : किरणराज विष्ट/रासस