२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

कटप्पाका लागि सञ्जय दत्त थिए पहिलो रोजाई, जेलमा रहेकाले सत्यराजलाई खेलाइयो



अ+ अ-

एजेन्सी । सन् २०१५ मा रिलिज भएको फिल्म ‘बाहुबली’ मा कटप्पाको भूमिका खेलेर अभिनेता सत्यराज घर–घरमा चर्चित भएका थिए । तर के तपाईलाई थाहा छ यो भूमिकाका लागि निर्माताहरुको पहिलो रोजाई बलिउड अभिनेता सञ्जय दत्त थिए ?

यसबारे जानकारी दिँदै ‘बाहुबली’ निर्देशक राजामौलीका पिता तथा फिल्मका लेखक वी विजयेन्द्र प्रसादले आफू सञ्जयलाई फिल्ममा कास्ट गर्न चाहन्थे तर सञ्जु त्यतिबेला जेलमा रहेको बताए । यस्तो अवस्थामा निर्माताहरूका लागि दोस्रो विकल्प सत्यराज थिए ।

एक अन्तर्वार्तामा प्रसादले भनेका थिए, ‘फिल्ममा बाहुबलीको भूमिकाका लागि प्रभास हाम्रो पहिलो रोजाइ थिए । त्यस्तै हामीले संजय दत्तलाई ध्यानमा राखेर कटप्पाको चरित्र लेखेका थियौं । तर त्यतिबेला उनी जेलमा रहेकाले उनलाई कास्ट गर्न सम्भव भएन । यस्तो अवस्थामा हामीसँग सत्यराज दोस्रो विकल्प थियो ।’

त्यसपछि प्रसादले फिल्मको लागि कटप्पाको चरित्र लेखे । उनले थप भने, ‘भोलिपल्ट बिहान मैले राजामौलीलाई कटप्पाको चरित्रको सानो परिचय दिएँ । यसपछि मैले उनीहरूलाई अर्को दृश्य सुनाएँ जसमा एउटी आमा आफ्नो बच्चालाई काखमा लिएर नदी पार गर्ने प्रयास गर्छिन् । यो दृश्य यस सुपरहिट फ्रेन्चाइजको उद्घाटन दृश्य बन्यो । त्यसपछि ४–५ महिनामा फिल्मको स्क्रिप्ट तयार भयो ।’

२०१५ मा रिलिज भएको बाहुबली र २०१७ मा रिलिज भएको बाहुबली २ भारतीय सिनेमाका सबैभन्दा धेरै कमाउने फिल्महरू मध्ये एक हुन् । फिल्ममा प्रभास र सत्यराज बाहेक राणा दग्गुबाती, अनुष्का शेट्टी, तमन्ना भाटिया र राम्या कृष्णन लगायतका कलाकार थिए ।