३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा



अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको आकस्मिक तथा भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, त्रिशूलीलगायत क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले गहिरो दुःख व्यक्त गरेको छ।

नाडाले बाढीबाट प्रभावित नागरिक, व्यवसायी, श्रमिक तथा सुरक्षाकर्मीप्रति सहानुभूति व्यक्त गर्दै बेपत्ता तथा प्रभावित व्यक्तिको तत्काल खोज, उद्धार र सुरक्षित स्थानान्तरणलाई प्राथमिकतामा राखेर काम गरेकोमा सरकारको प्रशंसा गरेको छ। विपद्को यस घडीमा सरकार र नागरिकको साथमा नाडा रहेको पनि जनाएको छ।

रसुवा–केरुङ नाका नेपालको उत्तरी व्यापार तथा अटोमोबाइल आपूर्ति शृंखलाका लागि महत्वपूर्ण क्षेत्र भएकाले बाढीबाट सडक, पुल, भन्सार, व्यापारिक संरचना तथा अन्य पूर्वाधारमा पुगेको क्षतिले सवारीसाधन आयात र समग्र आपूर्ति व्यवस्थामा प्रत्यक्ष असर पार्न सक्ने नाडाको भनाइ छ।

नाडाका अनुसार भन्सार क्षेत्रमा नाडामा आबद्ध सदस्य तथा अटोमोबाइल व्यवसायीका सामान तथा सवारीसाधनसमेत रहेको भए पनि क्षतिको यकिन विवरण प्राप्त भइसकेको छैन। बाढीले ठूलो क्षति पुर्‍याएको प्रारम्भिक अवस्था देखिएकाले घटनाको विस्तृत क्षति मूल्यांकन तत्काल गर्न नाडाले सरकारसँग आग्रह गरेको छ।

नाडाले बाढीबाट प्रभावित सडक तथा यातायात पूर्वाधारको यथाशीघ्र पुनःस्थापना गरी सुरक्षित आवागमन सञ्चालन गर्न तथा रसुवा–केरुङ नाकाबाट हुने व्यापारिक गतिविधिलाई प्राथमिकताका साथ सहज बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

त्यस्तै, सवारीसाधन, अटोमोबाइल व्यवसाय, भन्सार क्षेत्र तथा अन्य व्यापारिक सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण गर्न पनि नाडाले सरकारसँग अनुरोध गरेको छ। क्षतिग्रस्त सवारीसाधनको पहिचान, मूल्यांकन, बीमा दाबी तथा भन्सारसम्बन्धी प्रक्रियालाई विपद्को विशेष परिस्थितिलाई ध्यानमा राख्दै सरल र छिटो बनाउनुपर्ने नाडाको धारणा छ।

विपद्को समयमा सरकार, सुरक्षा निकाय, स्थानीय तह, व्यवसायी तथा अन्य सरोकारवाला पक्षबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको नाडाले जनाएको छ। प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन निजी क्षेत्रका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्न आफू तयार रहेको नाडाले स्पष्ट पारेको छ।

नाडाले बाढीबाट प्रभावित सम्पूर्ण नागरिक तथा व्यवसायीको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामना गरेको छ।