१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति



सोलार प्लान्टमा बाढीले पुर्‍याएको क्षति नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरेको २५ मेगावाट क्षमताको सोलार प्लान्टमा रसुवास्थित भोटेकोशी नदीमा आज आएको बाढीले पु¥याएको क्षति । यहाँका सात मध्ये चार वटा ब्लक प्लान्टमा क्षति बनाएको छ भने सवस्टेशनमा क्षति पु¥याएसगैँ उत्पादन प्रभावित भएको छ । तस्बिर: रामहरि न्यौपाने/रासस
अ+ अ-

काठमाडौँ, १० भदौः भोटेकोशीमा गएको बाढीका कारण १२ पावर हाउसमा क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले भोटेकोशीमा गएको बाढीका कारण छ वटा जलविद्युत् र एक सोलार गृहमा प्रतक्ष्य क्षति पुगेको र बाँकी जलविद्युत्गृहबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएका छन् ।

प्रवक्ता ढकालका अनुसार अनुसार १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सलासुङ्गी (सान्जेन), १४.८ मेगावाटको अपर साञ्जेन, ४२.५ मेगावाटको सान्जेन, २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ, ६० मेगावाटको अपर त्रिसुली थ्री ए, १४.८ मेगावाटको अपर मैलुङ, ५ मेगावाटको मैलुङ, २४ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट र २५ मेगावाटको सोलार प्रणालीमा प्रतक्ष्य क्षति पुगेको छ ।

एघार जलविद्युत्गृह र एक सोलारगृहमा क्षति पुग्दा ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको प्रवक्ता ढकालले बताउनुभयो । उक्त बाढीले राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुर्‍याएको छ ।रासस