१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द पोएट आइडल’ सिजन २ आजदेखी



अ+ अ-

काठमाडौँ । टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ आजदेखी (सोमबार) प्रसारणमा आउने भएको छ । शो प्रत्येक सोमबार र मंगलबार हिमालय टेलिभिजन र ओएसआर रियालिटी युट्युव च्यानलमा राती ९ बजे प्रसारण हुने छ ।

शोको यसपटकको दोस्रो सिजनमा अभिनेत्री केकी अधिकारी निर्णायक मण्डलमा भित्रिएकी छिन् । साथै, अन्य निर्णायकहरु पहिलो सिजनकै दोहोरिनेछन् । निर्णायकहरुमा केकीसँगै विप्लब प्रतिक, उपेन्द्र सुब्बा र अनुप बराल रहनेछन् भने होस्टको रुपमा दिव्यदेव नै रहनेछन् ।

शो को मुख्य प्रायोजक वात्सल्य नेचुरल आईभीएफ रहने भएको छ । शोको कुल एपिसोड ग्र्याण्ड फिनालेलाई छाडेर ३० हुने बताइएको छ ।

शोको बिजेतालाई नगद १० लाख रुपैंया सहित एक पुस्तक सार्वजनिक गरिदिने आयोजकले जनाएको छ ।